२९ चैत्र २०८१, शनिबार । April 12, 2025

दलीय ट्रेड युनियन खारेजीको मागसहित कर्मचारीको मन्त्रालयअघि धर्ना



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअगाडि दलीय कर्मचारी ट्रेड युनियन खारेज गर्नुपर्ने मागसहित सरकारी कर्मचारीहरू धर्नामा बसेका छन्।

उनीहरूले संघीय निजामती सेवा ऐन तुरुन्त जारी गर्नुपर्ने मागसमेत अघि सारेका छन्। स्वतन्त्र निजामती कर्मचारी अभियानका संयोजक पशुपति पोखरेलका अनुसार, पटक–पटक मागपत्र बुझाउँदा पनि सम्बोधन नभएकाले आन्दोलन गर्न बाध्य भएको बताएका छन्। २०८१ चैत १७ गते बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मन्त्रालय गेटअगाडि धर्ना दिएर विरोध कार्यक्रम सुरु गरिएको छ।

धर्नाकारीहरूले नेपाल निजामती सेवामा व्याप्त विकृति हटाउनुपर्ने, लेनदेनका आधारमा हुने सरुवा रोक्नुपर्ने, र तीनै तहका कर्मचारीका लागि एक मात्र आधिकारिक ट्रेड युनियन कायम गर्नुपर्ने माग राखेका छन्। साथै, पैसा उठाएर गरिने सरुवा बन्द गर्नुपर्ने, कर्मचारीलाई अतिरिक्त वा बरण्डामा राखेर दाम तोकेर कामु तथा निमित्त तोक्ने कार्यलाई भ्रष्टाचार भन्दै रोक्नुपर्ने माग गरिएको छ।

स्थानीय तहका कर्मचारीहरूमाथि भइरहेको विभेद अन्त्य गर्नुपर्ने र निर्णय कार्यान्वयन गर्ने कर्मचारी निर्दोष भए सम्मान गर्नुपर्ने, दोषी भए कडा कारबाही गर्नुपर्ने माग उठाइएको छ।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  १ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल र हङकङबीच टी–२० भिडन्त आज, फाइनल पुग्ने लक्ष्यमा नेपाल

काठमाडौँ । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपाल आज

भियतनामका १८० बौद्ध धर्मावलम्बी विशेष चार्टर विमानमार्फत लुम्बिनी दर्शनमा

काठमाडौँ । भियतनामका १८० जना बौद्ध धर्मावलम्बीहरू विशेष चार्टर विमानमार्फत

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा