२६ चैत्र २०८१, बुधबार । April 9, 2025

बेलौरीबाट उद्धार गरिएको पाटेबाघ शुक्लाफाँटा निकुञ्जमा छाडियो



कञ्चनपुर । बेलौरी नगरपालिका–२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको वयस्क भाले पाटेबाघलाई गए राति शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सुरक्षित रूपमा छाडिएको छ।

डिभिजन वन कार्यालयका प्रमुख रामविचारी ठाकुरका अनुसार बाघलाई निकुञ्जको कोर एरियामा रहेको प्राकृतिक बासस्थानमा पुनःस्थापित गरिएको हो। आइतबार गहुँबारीमा फेला परेको बाघलाई सुरक्षित रूपमा उद्धार गरी स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणपछि बाघ पूर्ण रूपमा स्वस्थ रहेको पुष्टि भएपछि निकुञ्जमा छाड्ने निर्णय गरिएको हो।

डिभिजन वन कार्यालय, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायहरूको संयुक्त छलफलपछि बाघलाई पुनःस्थापना गर्ने निर्णय गरिएको ठाकुरले जानकारी दिए।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ८ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नारायणीमा दर्दनाक घटनाः चप्पल टिप्न खोज्दा दिदीभाइ बेपत्ता

नवलपरासी । नारायणी नदीमा डुबेर गैँडाकोट–१ का दुई बालबालिका दिदीभाइ

अछामको जयगढ बजारमा भीषण आगलागी,दर्जनौं पसलमा क्षति

अछाम । बान्निगडी जयगढ गाउँपालिका-५ स्थित जयगढ बजारमा मंगलबार साँझ

काठमाडौंको पुनरागमन: बुटवलमाथि संकटकालीन जित, प्लेअफ ढोका खुल्ला

काठमाडौं । एकदमै दबाबपूर्ण अवस्थामा रहेको काठमाडौं रेजर्सले मंगलबार बुटवल

अमेरिकी डलर कतिमा हुँदैछ कारोबार ? यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर

तुवाँलो कम हुँदै, वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको