२५ चैत्र २०८१, मंगलबार । April 9, 2025

आईपीएलः मुम्बईको पहिलो जित,अश्विनी कुमारको घातक बलिङअघि निरिह बन्यो केकेआर



काठमाडौं । मुम्बई इन्डियन्सले आईपीएलको १८ औं सिजनमा पहिलो जित हात पारेको छ।

सोमबार वानखेडे रंगशालामा भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्यो। टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको मुम्बईले उत्कृष्ट सुरुवात गर्यो। डेब्यू बलर अश्विनी कुमारको घातक स्पेलका कारण केकेआर ११६ रनमै समेटियो। उनले ४ विकेट लिए भने दिपक चाहरले २ विकेट लिएर उनलाई राम्रो साथ दिए।

सामान्य लक्ष्य पछ्याउँदै मुम्बईले १३ औं ओभरमै खेल आफ्नो पक्षमा पार्यो। रायन रिकेल्टनले अविजित ५० रन बनाए भने विल ज्याकले ३० रनको योगदान दिए। कोलकाताका लागि अङ्क्रिश रघुवंशीले २६ रन जोडे। बलिङतर्फ आन्द्रे रसेलले २ विकेट लिए। खेलको निर्णायक क्षण मुम्बईका युवा बलर अश्विनी कुमार बने।

उनले पहिलो ओभरमै मुम्बईलाई सफलता दिलाउँदै अजिंक्य रहाणेलाई पेभिलियन फर्काए। त्यसपछि उनले रिंकु सिंह, मनिष पाण्डे र आन्द्रे रसेललाई पनि आउट गर्दै केकेआरको ब्याटिङ लाइनअपलाई तहसनहस पारे।

मुम्बई इन्डियन्सको बलिङ प्रदर्शन र ब्याटिङ स्थायित्वका कारण टिमले यस सिजनमा पहिलो जित दर्ता गर्न सफल भयो।

प्रकाशित मिति : १८ चैत्र २०८१, मंगलबार  ८ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम घट्यो

काठमाडौं । आजको सेयर बजार सामान्य अंकले बढेर बन्द भएको

बेकोको ‘अनबक्स् ह्याप्पिनेस’ अफर: नयाँ वर्षमा आकर्षक उपहार र छुटहरू

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा, अन्तर्राष्ट्रिय होम एप्लायन्स

वाइ वाइको नयाँ ‘हट एण्ड स्पाइसी’ नुडल्स: पिरो स्वादको नयाँ क्रान्ति

काठमाडौं । नेपालका प्रमुख चाउचाउ ब्रान्ड वाइ वाइले नेपाली बजारमा

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको

नेपालको राजधानी, प्रदूषणको राजधानी !

काठमाडौं । राजधानी काठमाडौं पुनः एकपटक विश्वका सबैभन्दा प्रदूषित शहरहरूको