१६ श्रावण २०८३, शनिबार । August 2, 2026

दाङको टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा पुनः सुरु


१७ चैत्र २०८१, सोमबार  

48
Shares

दाङ । तीन महिनापछि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा सोमबारदेखि हवाई सेवा पुनः सञ्चालन भएको छ।

नेपाल एयरलाइन्सका अनुसार, हाललाई प्रत्येक सोमबार नियमित उडान हुनेछ भने यात्रुको माग अनुसार थप उडानको सम्भावना पनि खुला छ। टरिगाउँ विमानस्थल पटक–पटक हवाई सेवाको अवरोधको सामना गर्दै आएको छ। यसअघि पुस २ गतेदेखि उडान बन्द भएको थियो, जसका कारण यात्रुहरूलाई नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता थियो।

हाल विमानस्थलको धावनमार्ग ७५० मिटर मात्र रहेको छ, जसले गर्दा ठूला जहाज अवतरण गर्न सक्दैनन्। अहिले १९ सिटे जहाज मात्रै सञ्चालन भइरहेको छ । धावनमार्ग विस्तारको माग पटक–पटक उठ्दै आए पनि हालसम्म कुनै ठोस निर्णय भएको छैन।

विमानस्थल स्तरोन्नति भएमा दाङलगायत आसपासका क्षेत्रका यात्रुहरूलाई ठूलो सुविधा पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार  ३ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर