६ बैशाख २०८३, आइतबार । April 19, 2026

तिनकुने घटनाः दुर्गा प्रसाईँ अझै फरार, उनको राहदानी ‘ब्ल्याकलिस्ट’मा राख्ने तयारी


१६ चैत्र २०८१, आइतबार  

36
Shares

काठमाडौँ । काठमाडौँको तीनकुनेमा राजसंस्था पुनःस्थापनाको मागसहित आयोजित प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा निकायले घटनाको समीक्षा गर्दैछ।

सुरक्षा अधिकारीहरूको विश्लेषणअनुसार प्रदर्शन संयोजक दुर्गा प्रसाईंले सुरक्षाकर्मीलाई लक्षित गर्दै गाडी चलाएपछि स्थिति झन् तनावग्रस्त बनेको थियो। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक समेत रहेका मेडिकल व्यवसायी प्रसाईं हाल फरार छन्।

उनी प्रदर्शनस्थलबाट स्कोर्पियो गाडीमा भागेको देखिए पनि शनिबार साँझसम्म उनको अत्तोपत्तो लागेको छैन। प्रहरीले उनको राहदानीलाई कालोसूची (ब्ल्याकलिस्ट) मा राख्ने प्रक्रिया अघि बढाएको छ। अध्यागमन विभागमा ब्ल्याकलिस्ट भएपछि अन्तर्राष्ट्रिय सिमानामा उनले आउजाउ गर्न नसक्ने र पक्राउ गर्न सहज हुने प्रहरी अधिकारीहरू बताउँछन्।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार, आइतबारसम्म प्रसाईंको पासपोर्ट कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरिनेछ। चैत १५ गतेको प्रदर्शनमा दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्व रहेको थियो, जसका क्रममा हिंसा भड्किँदा दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेहरूमा कीर्तिपुर नगरपालिका–४ का सविन महर्जन र पत्रकार सुरेश रजक रहेका छन्।

प्रदर्शनका मुख्य नेतृत्वकर्तामध्ये नवराज सुवेदीसहित १० जना हाल प्रहरी नियन्त्रणमा छन्। उनीहरूलाई फौजदारी मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ८ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित