६ बैशाख २०८३, आइतबार । April 19, 2026

तीनकुने घटना: ‘अरेस्टज्ञानेन्द्र’ र ‘अरेस्टप्रचण्ड’ ह्यासट्याग ट्रेन्डिङ


१६ चैत्र २०८१, आइतबार  

39
Shares

काठमाडौं । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको प्रदर्शन उग्र बन्दा दुई जनाको मृत्यु भएपछि सामाजिक सञ्जालमा तीव्र बहस चलिरहेको छ।

केही प्रयोगकर्ताले प्रदर्शनको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लगाउँदै उनको गिरफ्तारीको माग गरेका छन्। ठूला राजनीतिक दलका नेताहरू र नागरिक समाजका अगुवाहरूले पनि यो विषयमा चासो देखाउँदै पूर्वराजालाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन्।

उनीहरूले शुक्रबारको हिंसात्मक घटनालाई योजनाबद्ध भन्दै पूर्वराजामाथि नै दोषारोपण गरिरहेका छन्। यता, पूर्वराजाका समर्थकहरूले भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। केही वर्षअघि दाहालले जनयुद्धको क्रममा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको प्रसंग कोट्याउँदै समर्थकहरूले ‘अरेस्टप्रचण्ड’ ह्यासट्याग ट्रेन्ड गराएका छन्।

यो घटनाले सामाजिक सञ्जालमा दुवै पक्षबीच बहस चर्किएको छ। एकथरिले पूर्वराजालाई प्रदर्शनको योजनाकार मान्दै कारबाहीको माग गरिरहेका छन् भने अर्काथरि प्रचण्डको विगतलाई लिएर उनलाई नै पक्राउ गर्नुपर्ने आवाज उठाइरहेका छन्।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ८ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित