४ असार २०८३, बिहिबार । June 18, 2026

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको औपचारिक घोषणाः ५५ सदस्यीय नयाँ कार्यसमिति चयन


१५ चैत्र २०८१, शनिबार  

36
Shares

काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको औपचारिक घोषणा गरिएको छ ।

महासंघको अनौपचारिक स्थापना एक वर्ष अघि भएको थियो, र आज काठमाडौंमा आयोजित एक समारोहमा यसको वार्षिक साधारण सभा र घोषणा सभा सम्पन्न भएको हो। यस सभा मार्फत, राजेन्द्र बरालको अध्यक्षतामा ५५ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसमा वरिष्ठ उपाध्यक्ष शेषराज भट्टराई र महासचिवको जिम्मेवारी उद्धवबहादुर खड्काले सम्हालेका छन्।

महासंघको सल्लाहकार सदस्यमा विभिन्न प्रतिष्ठित व्यक्तित्वहरू रहेका छन् जसमा उत्तमप्रसाद पन्ती, श्रीकृष्ण श्रेष्ठ, अरुण लामिछाने, र नारायण बजाज जस्ता नामहरू सामेल छन् । महासंघको उद्देश्य शैक्षिक परामर्श व्यवसायी संघहरूको हकहितको संरक्षण र प्रवर्द्धन गर्नु हो। यसले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउने, पारदर्शिता कायम राख्ने, र सेवाग्राही, विद्यार्थी तथा अभिभावकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने प्रयास गर्ने छ।

कार्यक्रममा शैक्षिक समितिका सभापति थापाले शैक्षिक परामर्श क्षेत्रको महत्व र यसको नेपाली समाजमा हुने योगदानको चर्चा गरे। उनले शैक्षिक परामर्श क्षेत्रको सही मार्गदर्शन र दृषटिकोनका लागि महासंघको स्थापनामा सराहना व्यक्त गर्दै सफलता र समृद्धिको शुभकामना दिएका छन्। अध्यक्ष राजेन्द्र बरालले महासंघको उद्देश्य र कार्यसमितिको चयन प्रक्रिया बारे स्पष्ट गर्दै शैक्षिक परामर्श व्यवसायको गुणस्तरीकरणमा महासंघको योगदान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।

यसैगरी, महासचिव उद्धवबहादुर खड्काले शैक्षिक परामर्श क्षेत्रको व्यवस्थित सुधार र विकासका लागि महासंघको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताए। उनले शैक्षिक परामर्श व्यवसायीहरूलाई एकजुट गरेर, सबै संघ–संगठनहरूको सहयोगमा यस क्षेत्रलाई अझ व्यवस्थित र पारदर्शी बनाउनका लागि कार्य गर्ने बताए।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभाव भण्डारीले नेपालका विश्वविद्यालयहरूको राजनीतिक पक्ष र शैक्षिक क्षेत्रका समस्याहरूको समाधानका लागि शैक्षिक परामर्श व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले नेपालमा विदेशी विद्यार्थी ल्याउने र नेपाली विद्यार्थीहरूको विदेश अध्ययनलाई व्यवस्थित गर्ने कार्यमा सरकारको सक्रिय भूमिका निभाउनुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन्।

यस महासंघको स्थापना र यसमा समावेश भएका सदस्यहरूको योगदानले नेपालका शैक्षिक परामर्श व्यवसायलाई सुधार र समृद्धिको दिशामा अघि बढाउने आशा गरिएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ९ : ३८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा