२४ बैशाख २०८२, बुधबार । May 8, 2025

विश्वकपका लागि डेनमार्कको प्रारम्भिक टोली घोषणा



एजेन्सी । नोभेम्बर २० बाट कतारमा हुने फिफा विश्वकप फुटबलको लागि डेनमार्कले प्रारम्भिक टोली घोषणा गरेको छ ।

डेनमार्कले सोमबार घोषणा गरेको प्रारम्भिक टोलीमा २१ खेलाडी समावेश भएका छन् । विश्वकप खेल्ने टिमले नोभेम्बर १३ सम्म २६ सदस्यीय अन्तिम टोलको नाम बुझाउनुपर्नेछ । डेनमार्कका प्रशिक्षक क्यास्पर हलमन्डले केही खेलाडीका लागि लिगका २ खेल बाँकी रहेको भन्दै विश्वकपको बाँकी ५ स्थानका लागि १०—११ खेलाडी दाबेदार रहेको बताएका छन् । युरोकपमा हृदयघात भएर मैदानमै ढलेका क्रिस्टियन एरिक्सन पनि विश्वकपका लागि टिममा समावेश छन् ।

डेनमार्कको २१ जनाको टिममा गोलकिपर क्यास्पर सेमिकल र ओलिभर क्रिस्टेनसन रहेका छन् । त्यस्तै डिफेण्डरमा सिमोन कजार, जोचिम एन्डरसन, जोएकिम माहेले, आन्द्रेस क्रिस्टेनसेन, रासमुस क्रिस्टेनसन, जेन्स स्ट्रागर लार्सन, भिक्टोर नेल्सन, ड्यानिएल वास रहेका छन् । मिडफिल्डर थोमस डिलाने, माथियस जेनसन, क्रिस्टियन एरिक्सन, पिएरे एमिल होजवर्ग छन् ।

फरवार्ड आन्द्रेस स्कोभ ओल्सन, जेस्पर लिन्डस्ट्रोम, आन्द्रेएस कोर्नेलिउस, मार्टिन ब्रेथवेइट, क्यास्पर डोलबर्ग, मिकेल डाम्सगार्ड, जोनास विन्ड लाई टोलिमा समेटेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेप्सेमा उत्साहजनक उछाल, ६१ अंकले परिसूचक उक्लिँदै २६७२ विन्दुमा

काठमाडौं । नेपाली सेयर बजारमा बुधबार विशेष उत्साह देखियो। लामो

भारत-पाकिस्तान तनावः मोदीले रद्द गरे युरोप भ्रमण

एजेन्सी । पाकिस्तानमा भारतीय सेनाद्वारा गरिएका निशानात्मक कारबाहीपश्चात भारत–पाकिस्तानबीचको तनाव

भारत–पाकिस्तान तनावः भारततर्फ १० र पाकिस्तानतर्फ ३६ सर्वसाधारणको मृत्यु पुष्टि

एजेन्सी । गएरातिदेखि भारत–पाकिस्तान सीमा क्षेत्रमा चर्किएको तनावले ठूलो मानवीय

दुई महिनादेखि उडा ठप्प ! विमानस्थलको गेटमै चर्कियो आन्दोलन

रुपन्देही । पछिल्ला दुई महिनादेखि अन्तर्राष्ट्रिय उडान नहुँदा गौतम बुद्ध

आतंकवाद नरोकेसम्म पाकिस्तानसँग क्रिकेट खेल्न हुँदैनः गौतम गम्भीर

एजेन्सी । भारतका पूर्व क्रिकेटर तथा वर्तमान प्रशिक्षक गौतम गम्भीरले