२० बैशाख २०८२, शनिबार । May 3, 2025

विश्वकपका लागि ब्राजिलको टिम घोषणा



एजेन्सी । नोभेम्बर २० बाट कतारमा हुन लागेको फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ ।

सोमबार ब्राजिलले २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । हालसम्म सर्वाधिक ५ पटकको विश्वकप विजेता बनेको ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ । पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने दाउमा रहेको छ ।

विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ । ब्राजिलको टोलीमा गोलकिपर एलिसन बेकर,एडरसन मोराएस, वेभर्टन, डिफेन्डर ड्यानी आल्भेस, थियागो सिल्भा, मार्किन्होस, ड्यानीलो , एलेक्स सान्ड्रो , एडर मिलिटाओ , एलेक्स टेलेस, ब्रेमर , मिडफिल्डर क्यासेमिरो, फाबिन्हो , लुकास पाक्वेटा, फ्रेड , ब्रुनो गुइमराएस र एभर्टन रिबिएरो रहेका छन् ।

त्यस्तै फरवार्ड नेमार, रिचारलीसन , भिनीसियस जुनियर , एन्टोनी सान्तोस , गाब्रीएल जेसस , राफिन्हा , रोड्रीगो , पेड्रो , गाब्रीएल मार्टिनेली सहितको बलियो टिम घोषणा गरेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७९, मंगलबार  १० : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !

काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति