२२ चैत्र २०८१, शनिबार । April 5, 2025

मानव अधिकार आयोगको ठहर: राजावादी प्रदर्शन हिंसात्मक



काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरूको प्रदर्शनलाई हिंसात्मक भएको निष्कर्ष निकालेको छ।

आयोगले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोडेर बानेश्वरतिर जान खोज्दा आन्दोलन हिंसात्मक बनेको जनाएको छ। शुक्रबार राजधानीमा समाजवादी मोर्चा र राजावादीहरूको छुट्टाछुट्टै आमसभाको कार्यक्रम थियो। आयोगले उच्चस्तरीय चारवटा टोली गठन गरेर प्रदर्शनको अनुगमन गरेको थियो। अनुगमनको क्रममा राजावादीहरूको आन्दोलन हिंसात्मक देखिएको र विभिन्न स्थानहरूमा झडप र आक्रमणका घटना भएका विवरण सार्वजनिक गरिएको छ।

विज्ञप्तिमा उल्लेख छ कि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेका थिए। तीनकुने क्षेत्रमा सञ्चारमाध्यम, कलेज र निजी घरमा आगजनी गरिएर, आगो निभाउन गएको दमकल र सशस्त्र गाडीमा पनि ढुंगा प्रहार भएको थियो।

आयोगको टोलीले पनि प्रदर्शनकारीबाट आक्रमण सहनु परेको जानकारी दिएको छ। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको आयोगले जनाएको छ।

आयोगले विज्ञप्तिमा भनेको छ, “हिंसात्मक गतिविधिहरू र अरुको अधिकारको उल्लंघन स्वीकार्य छैन। यस प्रकारका कार्यमा संलग्न व्यक्तिहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन नेपाल सरकारलाई आग्रह गर्दछौं।” साथै, आयोगले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण प्रदर्शन गर्न र अरुका अधिकारमा संवेदनशील हुन आग्रह गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बाल गीतान्जली स्कुलमा अभिभावक अभिमुखिकरण र प्री-स्कुल दीक्षान्त कार्यक्रम सम्पन्न

काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित बाल गीतान्जली स्कुलले अभिभावक अभिमुखिकरण,

नेपालमा शुरु हुँदै अन्तर्राष्ट्रिय फायर सेफ्टी र इलेक्ट्रोनिक सेक्युरिटी सम्मेलन

काठमाडौँ । आगलागी जोखिम न्यूनीकरण र विद्युतीय सुरक्षामा नयाँ प्रविधिहरूको

आईपीएल २०२५: लखनउको शानदार जित, मुम्बई १२ रनले पराजित

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको कार्यवाहक नेतृत्वको जिम्मेवारी

चैते दसैँ विशेषः नवदुर्गा आराधना, शक्ति साधना र रामनवमीको उल्लास

काठमाडौं । नेपाली हिन्दू धर्मावलम्बीहरू आज चैत्र शुक्ल अष्टमीको दिन