२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

मानव अधिकार आयोगको ठहर: राजावादी प्रदर्शन हिंसात्मक


१४ चैत्र २०८१, शुक्रबार  

57
Shares

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरूको प्रदर्शनलाई हिंसात्मक भएको निष्कर्ष निकालेको छ।

आयोगले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोडेर बानेश्वरतिर जान खोज्दा आन्दोलन हिंसात्मक बनेको जनाएको छ। शुक्रबार राजधानीमा समाजवादी मोर्चा र राजावादीहरूको छुट्टाछुट्टै आमसभाको कार्यक्रम थियो। आयोगले उच्चस्तरीय चारवटा टोली गठन गरेर प्रदर्शनको अनुगमन गरेको थियो। अनुगमनको क्रममा राजावादीहरूको आन्दोलन हिंसात्मक देखिएको र विभिन्न स्थानहरूमा झडप र आक्रमणका घटना भएका विवरण सार्वजनिक गरिएको छ।

विज्ञप्तिमा उल्लेख छ कि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेका, व्यक्तिको घरमा ढुंगा हान्ने र आगजनी गर्ने काम गरेका थिए। तीनकुने क्षेत्रमा सञ्चारमाध्यम, कलेज र निजी घरमा आगजनी गरिएर, आगो निभाउन गएको दमकल र सशस्त्र गाडीमा पनि ढुंगा प्रहार भएको थियो।

आयोगको टोलीले पनि प्रदर्शनकारीबाट आक्रमण सहनु परेको जानकारी दिएको छ। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको आयोगले जनाएको छ।

आयोगले विज्ञप्तिमा भनेको छ, “हिंसात्मक गतिविधिहरू र अरुको अधिकारको उल्लंघन स्वीकार्य छैन। यस प्रकारका कार्यमा संलग्न व्यक्तिहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन नेपाल सरकारलाई आग्रह गर्दछौं।” साथै, आयोगले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण प्रदर्शन गर्न र अरुका अधिकारमा संवेदनशील हुन आग्रह गरेको छ।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ८ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ