२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

नेपाल सुपर लिगको टिकटिङ पार्टनर खल्ती र आइएमई पे



काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) २०२५ को तेस्रो संस्करणको तयारी तीव्र भइरहेको छ, र यस वर्षको खेलमा खल्ती र आइएमई पे साझेदारी गर्दै नयाँ डिजिटल टिकटिङ सेवा प्रस्तुत गर्दैछन्।

१६ चैतदेखि १३ वैशाखसम्म दशरथ रंगशालामा आयोजना हुने एनएसएल २०२५ मा फुटबल फ्यानहरूले खल्ती एप वा आइएमई पे एप प्रयोग गरेर सजिलै टिकट काट्न सक्नेछन्। खल्ती र आइएमई पेले यसअघि पनि नेपाल प्रिमियर लिग, अर्जुन ट्रफी र इन्टरनेसनल उमन्स च्याम्पियनसिपजस्ता प्रमुख फुटबल इवेन्टहरूमा टिकटिङ पार्टनरको रूपमा काम गरिसकेका छन्। अब, यी दुवै डिजिटल वालेटको संयुक्त टिकटिङ साझेदारीले नयाँ ऊर्जा र सहजता थप्ने विश्वास व्यक्त गरिएको छ।

एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले यो साझेदारीमा उत्साह व्यक्त गर्दै भने, “नेपालका दुई प्रमुख डिजिटल भुक्तानी प्लेटफर्मसँग सहकार्य गर्न पाउँदा हामी धेरै खुशी छौं। यसले फुटबलका फ्यानहरूलाई अझ राम्रो सेवा प्रदान गर्ने अवसर खुला गरेको छ।” आइएमई पेका कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, “हामी नेपाली फुटबलको विकासमा योगदान पुर्‍याउँदै, खेलप्रेमीहरूको अनुभवलाई डिजिटल समाधानमार्फत थप सहज र सुलभ बनाउन चाहन्छौं।”

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हामीलाई दर्शकहरूलाई अनलाइनबाट सजिलै टिकट किन्न र दशरथ रंगशालामा उत्साहपूर्ण वातावरणको हिस्सा बन्ने अवसर पाउँदा खुशी लागेको छ। अब रंगशालामा नेपालको जोश र उमंग झल्कने छ।” एनएसएलको यो संस्करणमा सात उत्कृष्ट फुटबल क्लबहरू-ललितपुर सिटी, काठमाडौं रेजर्स, बुटवल लुम्बिनी, झापा, चितवन, पोखरा थन्डर र धनगढी-बीच रोचक प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ४ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको