१९ चैत्र २०८१, बुधबार । April 2, 2025

इटहरीको सेन्ट्रल प्लाजामा आगो नियन्त्रणबाहिर



सुनसरी । सुनसरीको इटहरीस्थित नौ तले सेन्ट्रल प्लाजामा आगलागी जारी छ। आज (बुधबार) बिहान उक्त भवनको पाँचौँ तलामा आगो लागेको थियो। आगोको कारण के हो भन्ने भने अझै स्पष्ट भएको छैन।

आगलागीका कारण सेन्ट्रल प्लाजाबाट १६ जनालाई सुरक्षित बाहिर निकालिएको छ। घटनास्थलमा नेपाली सेनाको हेलिकप्टर समेत पुगेर फर्किएको छ भने, अन्य व्यक्तिहरूको खोजी र उद्धार कार्य जारी रहेको छ।

घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३२२ जना सुरक्षाकर्मी खटिएका छन्। त्यसैगरी, १२ वटा दमकल पनि घटनास्थलमा पुगेका छन्।

सेन्ट्रल प्लाजामा होटेल वरन्डा, रेस्टुरेन्ट, क्युएफेक्सको सिनेमा हल, सनराइज बैंक, क्याफे, मोबाइल सर्भिस सेन्टर र विभिन्न पसलहरू रहेका छन्।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ३ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एसईई परीक्षा सम्पन्न, नतिजा असार ७ भित्र सार्वजनिक हुने

काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) शान्तिपूर्ण रूपमा सम्पन्न

पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का

एजेन्सी । पाकिस्तान र अफगानिस्तानमा बुधबार बिहान भूकम्पको झट्का महसुस

काठमाडौंमा वायु प्रदूषण यथावत्, स्वास्थ्य जोखिम बढ्दै

काठमाडौं । उपत्यकामा बुधबार पनि वायु प्रदूषणको असर गम्भीर रूपमै

विश्व अटिजम जागरुकता दिवसः सचेतना र सहकार्यको आवश्यकता

काठमाडौं । आज विश्वभर ‘अटिजम जागरुकता दिवस’ विविध कार्यक्रमसहित मनाइँदैछ।

अमेरिकी डलर आजपनि स्थिर, युरो र पाउन्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर