१६ चैत्र २०८१, आइतबार । March 30, 2025

आजको मौसम पूर्वानुमान: पहाडी भागमा आंशिक बदली र वर्षा हुने सम्भावना



काठमाडौं। अहिले देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ, जसका कारण जल तथा मौसम विज्ञान महाशाखाले जानकारी दिएको छ कि देशका पहाडी भागमा आंशिक बदली भएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ। त्यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति भने, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ, जबकि बाँकी भूभागमा मौसम सफा रहने प्रक्षिप्त गरिएको छ। महाशाखाले आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।

यस परिस्थितिका कारण, महाशाखाले जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाईउड्डयन क्षेत्रमा आंशिक प्रभाव पर्न सक्ने चेतावनी दिँदै सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नापी कार्यालयको डिजिटल बोर्ड ह्याक, “आई लभ यु प्रमिला”

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको डिजिटल

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, चाँदीको मूल्य घट्यो

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम

कुलमानको बर्खास्तगीविरुद्ध सर्वोच्चमा आज सुनुवाइ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दायर

पूर्वराजा शाहले महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ महानगरपालिकाले पठाएको ७ लाख

राजावादीले जलाए गाडी, कर्मचारी भए निलम्बित

काठमाडौं। राजावादी समूहले दुई सरकारी गाडीमा आगजनी गरेपछि, श्रम, रोजगार