५ असार २०८३, शुक्रबार । June 19, 2026

कुलमान घिसिङलाई हटाउने निर्णयविरुद्ध विरोध प्रदर्शन


११ चैत्र २०८१, मंगलबार  

129
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा एकीकृत समाजवादीनिकट विभिन्न जनसंगठनले काठमाडौंमा प्रदर्शन गरेका छन्।

कार्यकारी निर्देशक घिसिङको हटाइमा विरोध जनाउन, एकीकृत समाजवादीनिकट युवा संघ र अनेरास्ववियू लगायतका संगठनका नेताहरुले मंगलबार काठमाडौंको विश्वभाषा क्याम्पस अगाडि विरोध प्रदर्शनको शुरुआत गरेका थिए। प्रदर्शनको क्रममा, प्रदर्शनकर्ताहरुले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गर्दै सरकारविरुद्ध विभिन्न नाराबाजी पनि गरेका छन्।

कार्यकारी निर्देशक घिसिङलाई हटाउने निर्णयको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टीले आवाज उठाएका छन्। साथै, सत्तारूढ दल नेपाली कांग्रेसका महामन्त्रीगण गगन थापा र विश्वप्रकाश शर्माले पनि सरकारको आलोचना गर्दै सार्वजनिक अभिव्यक्ति दिएका छन्।

सोमबार साँझको मन्त्रिपरिषद्को बैठकमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरिएको थियो, जसको अहिले चौतर्फी विरोध भइरहेको छ। माओवादी केन्द्र निकट विद्यार्थी संगठन र अन्य समूहहरुले पनि यस निर्णयविरुद्ध प्रदर्शनको तयारी गरिरहेका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ११ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा