१४ चैत्र २०८२, शनिबार । March 28, 2026

कुलमानलाई हटाउनु दुईतिहाई बहुमतको दम्भ: प्रचण्ड


११ चैत्र २०८१, मंगलबार  

90
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयलाई आपत्तिजनक र गलत ठहराएका छन्।

सोमबार साँझको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो। यस निर्णयको विरोध गर्दै प्रचण्डले सामाजिक सञ्जालमा यस निर्णयप्रति गहिरो निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गरेका छन्।

प्रचण्डले भने, “जनताले लोडसेडिङको मार खेपिरहेका बेला, उर्जा विज्ञको रुपमा मेरो सरकारको नेतृत्वमा घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो। हाम्रो नेतृत्वले ऊर्जा क्षेत्रको सुधारका लागि धेरै सफलतापूर्वक काम गरेको छ। सरकारको योजनामा उहाँको योगदान र क्षमताबाट उज्यालो नेपाल निर्माणको दिशा स्पष्ट छ।”

उनले थपे, “प्राधिकरणको बाकी बक्यौता जनताको पैसा हो, जसको उठान गर्न आवश्यक थियो। सरकारले घिसिङलाई पटक-पटक स्पष्टीकरण सोधेर अन्याय गरेको छ। आजको मन्त्रीपरिषद् बैठकको निर्णय गलत र आपत्तिजनक छ।”

प्रचण्डले यो कदम असत्य भएको आशा व्यक्त गर्दै, यदि यो सत्य सावित भयो भने यसलाई कडा प्रतिरोध गर्ने कुरा व्यक्त गरेका छन्।

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र