१५ चैत्र २०८१, शनिबार । March 30, 2025

नेपाल विद्युत प्राधिकरणबाट कुलमान आउट हितेन्द्र शाक्य इन



काठमाडौं । सरकाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । यसअघि मन्त्रिपरिषद् बैठकले कुलमानमाथि चारबुँदे आरोप लगाउँदै ३ दिनभित्र सफाइ पेस गर्न भनेको थियो । मन्त्रिपरिषद्को निर्णयअनुसार ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यमार्फत कुलमानलाई ७२ घण्टे स्पष्टीकरण सोधिएको थियो ।

मूल्य बढाएर भारतसँग विद्युत् खरिद सम्झौता गरेको, कार्यसम्पादन मूल्यांकनका लागि समयमा विवरण नबुझाएको, त्यसमा शून्य अंक पाएको र प्राधिकरणको नाफा ‘फेक’ देखाएर प्रचार गरेको लगायतका आरोप कुलमानमाथि लगाइएको थियो ।

यस्तै सरकारले नेपाल विद्युत प्राधिकरणको नयाँ कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ८ : ५७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको औपचारिक घोषणाः ५५ सदस्यीय नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघको औपचारिक घोषणा गरिएको

तिनकुने घटनाः हालसम्म १ सय ११ जना पक्राउ, दुर्गा प्रसाईँ अझै फरार

काठमाडौं । शुक्रबार काठमाडौंको तिनकुनेमा पूर्वराजा समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा

एनएसएल फुटबलः उद्घाटन खेलमा काठमाडौं र ललितपुर बराबरीमा

काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल

राष्ट्रपति पौडेलको उपस्थितिमा घोडेजात्रा सम्पन्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८१ का अवसरमा नेपाली

“पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने, राजा भए के गर्लान्?”: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश अहिले एकढिक्का