१६ चैत्र २०८१, आइतबार । March 30, 2025

सिंहदरबारमा तीन दलका शीर्ष नेताहरूको छलफल



काठमाडौं । नेपालका तीन प्रमुख दलका शीर्ष नेताहरुले समसामयिक राष्ट्रिय मुद्दाहरू र सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल गरेका छन्।

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त बैठक सम्पन्न भएको हो।

यस छलफलमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत र खिमलाल देवकोटा, साथै प्रधानमन्त्री ओलीका सल्लाहकार अग्नी खरेलको समेत सहभागिता रहेको थियो ।

उक्त छलफलअघि अध्यक्ष प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ५ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

अमेरिकामा विमान दुघर्टना, उड्नासाथ घरमाथि खस्यो

वासिङ्टन डीसी । अमेरिकामा एकपटक फेरि विमान दुर्घटना भएको छ।

घिसिङको रिट सर्वोच्चले ‘हेर्न नमिल्ने’ भन्दै पन्छायो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तगीविरुद्धको

नापी कार्यालयको डिजिटल बोर्ड ह्याक, “आई लभ यु प्रमिला”

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित नापी कार्यालयको डिजिटल

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, चाँदीको मूल्य घट्यो

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ कीर्तिमान कायम

कुलमानको बर्खास्तगीविरुद्ध सर्वोच्चमा आज सुनुवाइ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दायर