४ बैशाख २०८२, बिहिबार । April 17, 2025

रुपन्देहीमा नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन, हिराध्वज शाह अध्यक्ष



रुपन्देही । नेकपा एकीकृत समाजवादीको १०औं जिल्ला अधिवेशनले हिराध्वज शाहलाई सर्वसम्मत अध्यक्ष चयन गरेको छ। आइतबार सम्पन्न अधिवेशनले शाहको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित अध्यक्ष शाहले पार्टीलाई रुपन्देहीमा सशक्त बनाउने र सबै पक्षसँग मिलेर कार्य गर्दै पार्टीको गतिविधि अघि बढाउने प्रतिबद्धता जनाएका छन्। अधिवेशनले उपाध्यक्षमा अविराम विश्वकर्मा र मिरा श्रेष्ठलाई चयन गरेको छ, भने सचिवमा टंकप्रसाद पोख्रेल चयन भएका छन्। उपसचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी रहेका छन्।

निर्वाचन मण्डलका अध्यक्ष फर्सुराम घिमिरेले सर्वसम्मत चयन भएको जानकारी दिए। यस अवसरमा पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले अध्यक्ष मण्डल गठन गरेका थिए, जसमा अब्दुल हुसेन खाँन, सिद्धिचरण भट्टराई, भगवती घिमिरे, उमा काफ्ले, लक्ष्मी भुसाल र बाबुलाल यादवका नाम पनि समावेश छन्। शनिबार उद्घाटन भएको अधिवेशनको आइतबार बन्दसत्र सम्पन्न भएको हो।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  १० : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

इन्फोडेभलपर्स र वन पोइन्टबीच डिजिटल बैंकिङ सशक्तिकरणका लागि सहकार्य

काठमाडौं । नेपालको प्रख्यात सफ्टवेयर तथा फिनटेक कम्पनी इन्फोडेभलपर्स प्रा.लि.

विमानस्थलमा यात्रुसँग दुर्व्यवहार गर्ने तीन प्रहरी हटाइए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट नेपाल फर्किएका एक यात्रुसँग

नेपाली बजारमा सुनको मूल्य ऐतिहासिक उच्चतम बिन्दुमा, चाँदीको दर पनि बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको

लायन्स ३२५ आर को तेस्रो महाधिवेशन सफल, डीके ढुङ्गाना अन्तर्राष्ट्रिय दौडमा

काठमाडौं । सामाजिक सेवामा निरन्तर क्रियाशील लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट

बालुवाटारमा सत्ता साझेदार दलहरूको उच्चस्तरीय बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसबीचको