१५ चैत्र २०८१, शनिबार । March 29, 2025

प्रचण्डको टिप्पणी: ज्ञानेन्द्र शाहको बुद्धि छैन



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘बुद्धि नभएको’ भन्दै आलोचना गरेका छन्।

एक टेलिभिजन अन्तवार्तामा प्रचण्डले राजा वीरेन्द्रप्रति माओवादी आन्दोलन र आफूले सकारात्मक धारणा राखेका बताउँदा, ज्ञानेन्द्र शाहको कदमको निन्दा गरे। प्रचण्डका अनुसार, “वीरेन्द्रले लोकतान्त्रिक सोच राख्ने किसिमको बुझाइ थियो, तर ज्ञानेन्द्रले निरंकुश राजतन्त्र फर्काउन ८६ वर्षे नवराज सुवेदीलाई आन्दोलनको नेतृत्वमा ल्याउन चाहेर आफ्नो बुद्धि सार्वजनिक गरे।” ८६ वर्षीय सुवेदी राजसंस्था पुनर्स्थापना अभियानका संयोजक हुन्।

प्रचण्डले थप भने, “पछिल्लो समय ज्ञानेन्द्रले तुलसी गिरी र कीर्तिनिधि विष्टलाई मद्दत गरे, र अहिले सुवेदीलाई नेतृत्व दिनु भनेको उनीहरूको निरंकुश सोचलाई उजागर गर्दैछ।” तर, प्रचण्डले राजा वीरेन्द्रमा लोकतान्त्रिक भावना भएको पनि टिप्पणी गरे।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  १० : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनएसएल फुटबलः उद्घाटन खेलमा काठमाडौं र ललितपुर बराबरीमा

काठमाडौं । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फ्रेञ्चाइज फुटबल

राष्ट्रपति पौडेलको उपस्थितिमा घोडेजात्रा सम्पन्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८१ का अवसरमा नेपाली

“पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने, राजा भए के गर्लान्?”: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश अहिले एकढिक्का

पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्न परिवारको माग

काठमाडौँ । तीनकुनेमा हिजो भएको हिंसा क्रममा निधन भएका पत्रकार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबारको राजावादी प्रदर्शनमा तीनकुने क्षेत्रमा फोहोर