२२ माघ २०८२, बुधबार । February 4, 2026

अन्तरजातीय विवाह गरेका २८ दम्पतीलाई नगदसहित सम्मान



म्याग्दी (बेनी) । पर्वत जिल्लाको जलजला गाउँपालिकाले ६०औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ का अवसरमा अन्तरजातीय विवाह गर्ने २८ दम्पतीलाई नगदसहित सम्मान गरेको छ।

गाउँपालिकाको केन्द्र लामाखेतमा आयोजित विशेष कार्यक्रमका क्रममा हरेक अन्तरजातीय विवाह गरेका दम्पतीलाई नगद रु. पाँच हजारका साथ सम्मान गरिएको हो। यस कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाई, जिल्ला समन्वय समिति उपप्रमुख सोमबहादुर जिसी, गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य लगायतका प्रमुख अतिथिहरूले दम्पतीलाई सम्मान गरे।

गाउँपालिका अध्यक्ष आचार्यले भने, “जातीय भेदभाव हटाउँदै समाजमा रुपान्तरण ल्याउन अन्तरजातीय विवाह गरेका व्यक्तिहरूको योगदान महत्वपूर्ण छ। यद्यपि कानूनी दृष्टिले छुवाछुत र जातीय भेदभावलाई निषेध गरिएको भए तापनि सामाजिक कुरीतिहरू अझै कायम रहेका छन्, त्यसैले समाजमा उदाहरण प्रस्तुत गर्ने यी जोडीलाई सम्मान गरिएको हो।”

गण्डकी प्रदेशसभा सदस्य नन्दकला दमाईले यो सम्मान कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरिन्।

गाउँपालिकाले पालिकाभित्रका सबै वडामा दलित र गैरदलित बीचका विवाह भएका जोडीहरूको विवरण सङ्कलन गरेर यस सम्मान कार्यक्रमको आयोजना गरेको उपाध्यक्ष दिपक आचार्यले जानकारी दिए। उनले थपे, “यस वर्षको अवसरमा कक्षा ८, १० र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने दुई-दुई दलित विद्यार्थीलाई नगद रु. तीन हजारसहित सम्मानित गरिएको छ।”

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ६ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल