३ आश्विन २०८३, शनिबार । September 19, 2026

पुल नबनाइदिएको भन्दै डडेल्धुरामा देउवा र आरजुसहितका नेताहरूलाई बहिष्कार


७ चैत्र २०८१, शुक्रबार  

87
Shares

डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिका-२ का वडाध्यक्ष शिवराज भट्टले तीन वर्षसम्म सडक कालोपत्रे भए पनि पुल निर्माण नगरेपछि प्रदेश र संघीय सांसदहरूलाई बहिष्कार गर्ने चेतावनी दिएका छन्।

डडेल्धुराबाट बैतडीको मेलौलीसम्मको उग्रतारा–मैलौली सडकखण्डअन्तर्गत बसना खोलामा पुल निर्माणको कार्य अझै नपुगेको कारण वडाध्यक्ष भट्टले यस्तो चेतावनी दिएका हुन्। उनले सांसदहरूलाई सम्बोधन गर्दै भनेका छन्, “यदि यस वर्ष पनि कुनै प्रगति भएन भने, यस क्षेत्रका जनताले तपाईंहरूको बहिष्कार गर्नेछन्। कुनै पनि सांसदको प्रतिनिधित्व यहाँ स्वीकार्य हुनेछैन।”

भट्टका अनुसार, बसना खोलाको पुल निर्माणको लागि प्रदेश सरकारको अर्थ मन्त्रालयमा फाइल पुगिसकेको एक महिना बितिसकेको छ, तर काम अझै सुरु भएको छैन। उनले सांसदहरूलाई चेतावनी दिँदै थप भनेका छन्, “स्वीकृतको कुनै अत्तोपत्तो छैन। यो वर्ष पनि निराश पार्ने हो भने खबरदार माननीय खगराज भट्टज्यू, माननीय डा. तारा जोशीज्यू, माननीय सरस्वती खडकाज्यू, माननीय गीता मालज्यू र आदरणीय माननीय शेरबहादुर देउवाज्यू र डा. आरजु राणाज्यू, अजयमेरु गाउँपालिका–२, चमडामा बसना गाड तरेर आउने कुचेष्टा नगर्नुहोला। यहाँहरू सबैलाई बहिष्कार गरिनेछ।”

यसका साथै, भट्टले विरोधस्वरूप वडाका सबै बासिन्दाबाट चन्दा संकलन गरेर प्रदेश र प्रतिनिधिसभाका सांसदलाई खाजा खर्च पठाउने योजना बनाएको पनि बताएका छन्।

उक्त सडक निर्माणको प्रक्रिया चार दशकअघि सुरु भएको थियो, तर अझै पनि पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन।

प्रकाशित मिति : ७ चैत्र २०८१, शुक्रबार  ३ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ