१४ चैत्र २०८१, शुक्रबार । March 29, 2025

विप्लवको चेतावनी: समाजवाद बिना नेपालको रुपान्तरण असम्भव



झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले वर्तमान सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल भएको बताएका छन्। उनले बेलबारीमा राजनीतिक अन्तरक्रियाका क्रममा नेपाल न्यूज बैंकसँग कुरा गर्दै समाजवादी गणतन्त्र नेपालका लागि जनताको अपेक्षाहरू र आवश्यक्ताहरू भएको बताए।

विप्लवले भने, “अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको छ। अहिलेको व्यवस्था नै अधुरो छ। पहिलो संविधान बनाउँदा नै विवादहरू थिए। अहिलेको गणतन्त्र त हो, तर जनताको गणतन्त्र बनाउने कामहरू भएको छैन। राजतन्त्रबाट गणतन्त्रमा आउनु प्रगतिको कुरा हो। समाजवादी गणतन्त्र नेपालका जनताको अपेक्षाहरू, माग र आवश्यक्ताहरू हुन्।”

उनले समाजको रूपान्तरण र विकासका लागि समाजवाद आवश्यक भएको पनि जोड दिएका छन्। उनले भने, “राजाको पक्षमा मात्र होइन, गणतन्त्र र समाजवादको पक्षमा पनि असंख्य जनता छन्। ७२ प्रतिशत जनता समाजवादको पक्षमा छन्। अहिलेको नेपालको असन्तुष्टिबाट पराजय भोगेको राजतन्त्रले फेरि बौरिने प्रयास गरेको मात्रै हो। नेपाली जनताको आवश्यक्ता समाजवाद हो।”

विप्लवको भनाइ अनुसार, जनताको सही माग र आवश्यकता पूरा गर्न समाजवाद र गणतन्त्रको सशक्त पक्षको आवश्यमिता छ, र यो केवल एक राजनीतिक संघर्ष मात्र होइन, समाजको समग्र रुपान्तरणको प्रक्रिया हो।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईंलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंमा भएको आगजनी,

मानव अधिकार आयोगको ठहर: राजावादी प्रदर्शन हिंसात्मक

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले राजावादीहरूको प्रदर्शनलाई हिंसात्मक भएको निष्कर्ष

राजावादीले आगो लगाएको घरमा जलेर एभिन्युजका पत्रकारको मृत्यु

काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादी समर्थकहरूले आगो लगाउँदा एभिन्युज

काठमाडौंमा सेना परिचालन

काठमाडौं । राजधानी काठमाडौंको तनावग्रस्त तीनकुने क्षेत्रमा राजावादी आन्दोलन हिंसात्मक

प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त