२३ बैशाख २०८३, बुधबार । May 6, 2026

विप्लवको चेतावनी: समाजवाद बिना नेपालको रुपान्तरण असम्भव


६ चैत्र २०८१, बिहिबार  

18
Shares

झापा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले वर्तमान सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल भएको बताएका छन्। उनले बेलबारीमा राजनीतिक अन्तरक्रियाका क्रममा नेपाल न्यूज बैंकसँग कुरा गर्दै समाजवादी गणतन्त्र नेपालका लागि जनताको अपेक्षाहरू र आवश्यक्ताहरू भएको बताए।

विप्लवले भने, “अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको छ। अहिलेको व्यवस्था नै अधुरो छ। पहिलो संविधान बनाउँदा नै विवादहरू थिए। अहिलेको गणतन्त्र त हो, तर जनताको गणतन्त्र बनाउने कामहरू भएको छैन। राजतन्त्रबाट गणतन्त्रमा आउनु प्रगतिको कुरा हो। समाजवादी गणतन्त्र नेपालका जनताको अपेक्षाहरू, माग र आवश्यक्ताहरू हुन्।”

उनले समाजको रूपान्तरण र विकासका लागि समाजवाद आवश्यक भएको पनि जोड दिएका छन्। उनले भने, “राजाको पक्षमा मात्र होइन, गणतन्त्र र समाजवादको पक्षमा पनि असंख्य जनता छन्। ७२ प्रतिशत जनता समाजवादको पक्षमा छन्। अहिलेको नेपालको असन्तुष्टिबाट पराजय भोगेको राजतन्त्रले फेरि बौरिने प्रयास गरेको मात्रै हो। नेपाली जनताको आवश्यक्ता समाजवाद हो।”

विप्लवको भनाइ अनुसार, जनताको सही माग र आवश्यकता पूरा गर्न समाजवाद र गणतन्त्रको सशक्त पक्षको आवश्यमिता छ, र यो केवल एक राजनीतिक संघर्ष मात्र होइन, समाजको समग्र रुपान्तरणको प्रक्रिया हो।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  ९ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट