४ असार २०८३, बिहिबार । June 18, 2026

बद्रीलाल नेपालीलाई समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीपको उपाधि


२१ कार्तिक २०७९, सोमबार  

18
Shares

काठमाडौं । पूर्व नेशनल च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीपको उपाधि जितेका छन् ।

पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेटमास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराउन सफल भएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटकका नेशनल च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा पहिलो उपाधि हो । समग्रमा ५ दशमलब ५ अंक जोडेका बद्रीलाल बुकोल्स टाईब्रेकरका आधारमा च्याम्पियन बन्दै ५० हजार नगद समेत प्राप्त गरेका छन् ।

नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा सम्पन्न च्याम्पियनशीपमा समान ५ दशमल ५ अंक बनाएका फिडेमास्टर विलमलाल श्रेष्ठ तथा पुण्यमान कर्माचार्य क्रमशः दोश्रो तथा तेश्रो स्थानमा रहन सफल भए । पूर्व नेशनल च्याम्पियन विलमलालले छैठौं चरणमा रुपन्देहीका विजय गुरुङ एवं सातौं चरणमा नवीन तण्डुकारलाई पराजित गर्दै ३० हजार नगद हात पारे । त्यसैगरी अर्का नेशनल च्याम्पियन पुण्यमानले छैठौं चरणमा मोरङका भरत धिमाल र सातौं चरणमा काठमाडौंका राजेन्द्रप्रसाद श्रेष्ठलाई हराए ।

तेश्रो स्थानमा रहेका उनले २० हजार नगद प्राप्त गरे । स्पोर्टस एण्ड ईभेन्टस नेपालको व्यवस्थापनमा पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा सम्पन्न च्याम्पियनशीप अन्र्तगत सोमबारका दुबै खेल गुमाएपछि पूर्व नेशनल च्याम्पियन नविन तण्डुकार चौथो स्थानमा रहँदै १५ हजार नगद पुरस्कार हात पारे । भक्तपुरका बलराम नापित पाचौं स्थानमा रहँदै १० हजार नगद पुरस्कार पाउन सफल भए ।

त्यसैगरी जनार्दन श्रेष्ठ तथा राजेन्द्रप्रसाद श्रेष्ठ क्रमशः छैठौं तथा सातौं स्थानमा रहँदै जनही सात हजार नगद प्राप्त गर्न सफल रहे । काठमाडौंका क्यानिडडेटमास्टर भगवती प्रसाद शर्मा, काठमाडौकै पुराना खेलाडी सिताराम अग्रवाल तथा बाँकेका तिर्थबहादुर विक क्रमशः आठौं, नवौं र दशौं स्थानमा रहँदै जनही ५ हजार नगद प्राप्त गरे । भक्तपुरका गणेशमान दुवाल ६० वर्षमाथि उमेर समुहको क्याटागोरी पुरस्कार पाउन सफल भए भने काठमाडौंका ज्ञानेन्द्रप्रसाद श्रेष्ठ तथा सर्लाहीका लवकुमार श्रेष्ठ क्रमशः ६५ र ७० वर्ष माथि उमेर समुहको पुरस्कार स्वरुप जनही ५ हजार नगद प्राप्त गर्न सफल भए ।

चार जना पूर्व नेशनल च्याम्पियन सहित देशभरका ३४ जना खेलाडीको सहभागीता रहेको च्याम्पियनशीपका विजेतालाई नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम समृद्धि फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराई, समृद्धि फाईनान्सका सिईओ टिकानिधि लोहनी, कान्तिपुर सिटी कलेजका प्रिन्सिपल राजु कटेल लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा