काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटनामा परेको छ ।
काठमाडौंबाट हेटौँडा जाँदै गरेको यूपी ७० एनटि ६९१७ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा परेर ४ जना घाइते भएका छन् । ब्रेक फेल भएर गाडी सडकको बायाँ तर्फ ठोक्किएको छ ।
घाइते हुनेमा उत्तर प्रदेश घर भएका ५५ वर्षीय राजकरण तिवारी, ३८ वर्षीय जीतेन्द्र प्रताप सिंह, ४४ वर्षीय अजय मिश्र र ३८ वर्षीय अभय प्रताप सिंह छन् ।
प्रतिक्रिया