५ बैशाख २०८३, शनिबार । April 19, 2026

कांग्रेस भन्दा एमाले अत्याधिक मतले अगाडी हुन्छ : अध्यक्ष ओली


२१ कार्तिक २०७९, सोमबार  

6
Shares

कास्की । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टी नेपाली काँग्रेसभन्दा अत्याधिक मतले अगाडि हुने दावी गरेका छन् ।

सत्तारुढ गठबन्धनवालाहरुको मत सर्वेक्षणले एमालेले काँग्रेसको हाराहारीमा मत ल्याउने प्रचार गरिरहेको भन्दै ओलीले सो सर्वेक्षण नै गलत रहेको जिकीर समेत गरे । सोमबार पोखरामा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले एमाले एक्लैले बहुमत ल्याउने र चुनावमा सहकार्य गरिरहेका दलहरुलाई पनि सामेल गरेर सरकार बनाउने पनि दोहार्‍याए ।

मुलुकलाई शान्ति, विकास, सुशासन र स्थिरताको बाटोमा अघि बढाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यो शक्ति एमाले मात्रै हुने सक्ने उल्लेख गरे । मुलुकको स्वाधिनता, स्वाभिमान जोगाउनका लागि पनि आगामी निर्वाचनपछि एमालेले सरकार बनाउनैपर्ने उनको भनाई थियो ।

ओलीले संविधान उलंघन गर्ने काम आफूहरुले नगरी सत्तारुढ गठबन्धनले गरेको आरोप समेत लगाए । संविधानमै नभएको परमादेशबाट सरकार बनाएर प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले संविधान कुल्चिने काम गरेको उनको तर्क थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित