२१ मंसिर २०८२, शनिबार । December 6, 2025

पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार प्रदान गरिने



काठमाडौं । सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने भएको छ।

मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याएको भन्दै उनलाई यो सम्मान प्रदान गर्ने निर्णय गरेको हो। पुरस्कार छनोट समितिको बैठकले सुन्दासलाई एक लाख १० हजार रुपैयाँ राशिसहितको यो सम्मान दिने निर्णय गरेको हो । भोजपुरमा २००२ साल असार ३२ गते जन्मिएका सुन्दास तीन दशकभन्दा बढी समयदेखि सामाजिक न्यायको क्षेत्रमा सक्रिय छन्।

२०७४ देखि २०७८ सम्म बहराइनका लागि नेपाली राजदूतका रूपमा काम गरेका उनले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि पनि विभिन्न भूमिकामा योगदान पुर्‍याएका छन्। सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दास २०६८ सालमा प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिमा सदस्य थिए। उनले २०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गरेका थिए भने २०७२ सालमा दलितमैत्री संविधान निर्माणका लागि तीन महिनासम्म शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकका रूपमा भूमिका निर्वाह गरेका थिए।

नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्षका रूपमा २० वर्ष काम गरेका उनले एशिया दलित अधिकार मञ्चको संस्थापक सदस्यको रूपमा समेत योगदान दिएका छन्। पुरस्कार प्राप्त गर्न लाग्दा आफूलाई हौसला मिलेको बताउँदै सुन्दासले समाज परिवर्तनका लागि आफू निरन्तर काम गरिरहने बताए। उनले भने, “जीवनमा सक्षम भएर काम गर्न थालेपछि बुद्धको सिद्धान्तलाई अनुसरण गरेको छु। मैले कमाएको केही पैसा समाजको सहयोगका लागि खर्च गर्ने प्रण गरेको थिएँ।

नामका लागि होइन, समाजको परिवर्तनका लागि काम गरेको हुँ। सम्मान पाउँदा खुसी लागेको छ, तर सम्मानका लागि मात्र मैले काम गरेको होइन।” उनले भोजपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व झल्काउने ‘भोजपुरको चिनारी’ नामक पुस्तक लेखेका छन् भने ‘चोरिएको रात’ नामक कथा संग्रह पनि प्रकाशित गरिसकेका छन्।

यसअघि २०७३ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार’ द्वारा सम्मानित भएका थिए।

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  ५ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको