७ बैशाख २०८३, सोमबार । April 20, 2026

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी


२८ फाल्गुन २०८१, बुधबार  

33
Shares

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौं जनतालाई सडकमा उतारेर खबरदारी गर्ने चेतावनी दिएका छन्।

मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले अहिलेको सत्ता गठबन्धनको भ्रष्टाचार र विचौलियाको पक्षमा भइरहेको गतिविधिबारे असन्तुष्टि र निराशा उत्पन्न भएको बताए। उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि माओवादी पार्टी सबै परिवर्तनकारी शक्तिसँग मिलेर संघर्ष गर्न तयार रहेको स्पष्ट गरे।

प्रचण्डले जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए। उनले माओवादी पार्टी दृढ प्रतिबद्धतासाथ अघि बढ्ने र कुनै पनि प्रतिगामी षड्यन्त्रलाई परास्त गर्ने बताएका छन्।

अध्यक्ष प्रचण्डले जातीय र क्षेत्रीय मोर्चाहरुको ऐतिहासिक भूमिकासँगै माओवादी पार्टीको समाजवादी क्रान्तिको सिद्धान्तमा बल पुर्‍याउने बताए।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित