१ आश्विन २०८३, बिहिबार । September 17, 2026

देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी : पर्यटनमन्त्री श्रेष्ठ


२१ कार्तिक २०७९, सोमबार  

6
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित ‘रानी माया’ गीतको भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि प्रकृति, संस्कृति र शाहसिक खेलहरुको विकास गर्न जरुरी रहेको पनि बताए । उनले नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर नेपालले पर्यटन क्षेत्रको विकास गर्न आवश्यक भएको उल्लेख गरे ।

उनले मन्त्रालयले प्रकृति, संस्कृति र शाहसिक खेलहरुलाई मध्यनजर गरेर पर्यटन विकासका लागि काम अघि बढाइरहेको पनि बताए । देशको पर्यटन विकासका लागि सिनेमा, गीतको भिडियोहरुमा नेपालमा नै रहेका मौलिकता झल्काउने ठाउँको प्रयोग गर्न आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा महानायक राजेश हमालले रानी माया गीत हरेक दर्शकहरुका लागि मनोरञ्जन दिने सन्देशमुलक गीत रहेको बताए ।

‘रानी माया’ बोलको गीत ढाका टोपी फिल्म्सको प्रश्तुतिमा सार्वजनिक भएको हो । जिबी आग्रीको निर्देशनमा रहेको गीत श्रीकृष्ण बम मल्लको शब्द र कृष्ण बिकको संगीत छ । साथै गीतमा कृष्णलाई समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् । ११ मिनेट लामो गीतमा गायक बिक र अनु आचार्यको अभिनय छ ।

गीतको छायांकन सञ्जय लामाले गरेका छन् भने कोरियोग्राफी कविराज गहतराजको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७९, सोमबार  ६ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ