७ बैशाख २०८३, सोमबार । April 20, 2026

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद


२० फाल्गुन २०८१, मंगलबार  

27
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा विधानविपरितका व्यक्तिले मत हाल्न सकिने गरी नाम गए पछि विवाद देखिएको छ ।

बारको विधानमा लगातार दुई आर्थिक वर्षदेखि सदस्य रहि हरेक वर्ष नवीकरण गरेकाबाट हुनुपर्ने व्यवस्था प्रष्ट भए पनि निर्वाचन समितिले सार्वजनिक गरेको ११ हजार ७ सय ७२ जनाको प्रथम नामावलीमा २१ सय बढी दुई वर्षदेखि नवीकरण नगरेका छन् । तर, उजुरी परेका व्यक्तिको नाममा मात्र अनुसन्धान हुने निर्वाचन समितिले बताए पछि विवाद देखिएको छ ।

निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाले बारले २ वर्ष नवीकरण नगरेकाको नाम दिने विषय कल्पना गर्न नसकिने भन्दै उजुरी आएकाको हकमा मात्र हेरिने बताए । उजुरी परेकाको हेर्छौं, उनले भने, सबैको ढड्टा पल्टाएर हेर्न सम्भव हुँदैन । तर, एमाले निकट कानुन व्यवसायीहरुको संस्था पिटिएलएले आफ्ना सदस्यविरुद्ध उजुरी दिएको र त्यसमा मात्र निर्वाचन समितिले अनुसन्धान गरेर डिएलएका मतदाता हटाउने प्रपञ्च गर्न खोजिएको भन्दै डिएलएपक्षीय अधिवक्ताहरुले विरोध जनाएका छन् ।

विधान मिचेर हाम्रा मतदाता मात्र हटाउने हो भने निर्वाचन हुन दिइन्न, एक वरिष्ठ अधिवक्ताले भने, सबैका हकमा अनुसन्धान हुने हो भने मान्छौं । डिएलएले यसविरुद्ध भोलि बिहान १० बजेबाट निर्वाचन समितिको कार्यालय घेराउ र तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

बार अधिवेशनमा कानुन व्यवसायी परिषदको अद्यावधिकता विगतमा खोजिए पनि यसपाली खोज्ने नखोज्नेमा अन्यौलता छ । डिएलएले सबैका हकमा समान व्यवस्था हुनुपर्ने तर उजुरी गरेकाको हकमा मात्र कारबाही हुने अवस्था आए विरोध गर्ने बताए पछि अहिले बार अधिवेशन विवाद सतहमा आएको छ ।

मंगलबार ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने बारको तालिका छ ।

प्रकाशित मिति : २० फाल्गुन २०८१, मंगलबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित