काठमाडौं । बिहीबार (आज) देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ ।
पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भूकागमा मौसम मुख्यता सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको ।
आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
प्रतिक्रिया