काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत बुधबार राति भएको खेलमा अफगानिस्तानसँग पराजित भएसँगै इंल्यान्ड बाहिरिएको छ।
अफगानिस्तानसँग इंल्यान्ड ८ रनले पराजित भएको हो । इंल्यान्ड आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो। आजको जितले अफगानिस्तानको सेमिफाइनल सम्भावना भने कायमै भएको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा अफगानिस्तानले अस्ट्रेलिया र इंल्यान्डले साउथ अफ्रिकासँग खेल्नेछ।
पाकिस्तानको लाहोरमा ३२६ रनको लक्ष्य पछ्याएको इंल्यान्ड ४९ दशमलव ५ ओभरमा ३१७ रनमा अलआउट भयो। जोए रूटले १२० रन बनाए पनि हार भने टार्न सकेनन्। इंल्यान्डलाई सस्तैमा समेट्न अजमतुल्लाह ओमरजाइले ५ विकेट लिए।
पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय २५ रन बनाएको थियो।
प्रतिक्रिया