१४ फाल्गुन २०८१, बुधबार । February 26, 2025

फागुन १४ गते महाशिवरात्रीका दिनको तपाईँको राशिफल



काठमाडौं । आज मिति २०८१ साल फागुन १४ गते बुधबार ।

तदनुसार २०२५ फेब्रुअरी २६ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः३१ बजे हुनेछ भने सूर्यास्त साँझ ६ः०२ बजे हुनेछ । आज महाशिवरात्री पर्व । यहाँहरु सबैलाई महाशिवरात्रीको विशेष शुभकामना सहित सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कामधन्दामा मज्जाले खट्नुपर्ने समय रहेको छ । जीवनसाथीले आफ्नो विवशता नबुझिदिंदा दिक्क लाग्नसक्छ । बृद्धबृद्धाको सद्भाव र सहानुभूति बटुल्न पाइने छ । क्षमता र सीपको सही मूल्याङ्कन हुने समय हो । पेसा, व्यवसाय वा भविष्यका बारेमा चिन्तन गरी पढाइलाई अघि बढाउनु उचित होला । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो होला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण समेत देखिनेछ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने छ । अचानक प्रेमिका वा जीवनसाथिसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । बौद्धिक र ज्ञानमूलक विषयमा रुचि बढ्ने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिस्थिति विपक्षमा रहेकाले आज कुनै महत्वपूर्ण निर्णय लिनु उचित नहोला । व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । दिक्क लागेको छ भने एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ । वातावरण तपाईंको विपक्षमा भएको दिन रहेकाले आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई अघि बढ्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
धेरैको मन लोभ्याउन सकिने र प्रेमिल भावना विकसित हुने समय रहेको छ । आत्मकेन्द्रित भइदिनु र आफ्ना बारेमा मात्र सोच्नुले नजिकका आफन्तहरू टाढिने परिस्थिति बन्नसक्छ । पेसागत सफलताका लागि प्रयास गरिने छ । पारिवारिक जीवन, वैवाहिक सुख र प्रेम जीवनका निमित्त केही समय छुट्याउनु आवश्यक होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आयका दृष्टिले आजको दिन निकै राम्रो देखिएको छ । उर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य पेसामा आबद्ध कारोबारीका लागि राम्रै दिन रहेको छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ । खिसीट्युरी गर्नेसित सतर्क रहनुहोला, अन्यथा ठूलो कलहको वातावरण बन्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दैनिक कामबाट फाइदा मिल्नेछ । थोरै भएपनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । पे्रमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन रहेको छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो । परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कार्यालयका काममा खासै परिश्रम गर्नु पर्दैन । घरपरिवारका सदस्य, नातागोता वा आफन्तको भावनालाई समेट्न सकेमा मात्र थप सन्तुष्टि मिल्नेछ । अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । ज्ञान र क्षमता बढाउन उपयोगी दिन समेत हो । घरमा समेत सम्पर्क राखी भाइबहिनी वा छोरारछोरीको चासो राख्नु राम्रो होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ । पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने हुनसक्छ । मिहिनेतको राम्रो परिणाम प्राप्त हुन्छ । उपलब्धिमा सँगीसाथी, गुरुजन र अभिभावकको समेत महत्वपूर्ण सहयोग रहेको छ । आध्यात्मिक मनोभावको विकास हुने देखिन्छ, साथै मन्दिर वा स्मारकको भ्रमणबाट शान्तिको अनुभूति हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
परीक्षा, प्रतियोगिता वा प्रतिष्पर्धामा विजय प्राप्त गर्ने दिन हो । मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । धनप्राप्तिको योग बनेको छ, स्थिर प्रयोजनको लगानीका लागि अनुकूल समय रहेको छ । बहुमूल्य वस्तु र पुराना चिजबीज सङ्कलन गर्न मन लाग्नेछ । उपहार वा धन प्राप्त हुने योग समेत रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जीवनसाथिको इच्छा र भावना बुझ्न सकेमा उत्साह बढ्न गई मन चंगा हुने दिन हो । व्यक्तित्वमा निखार आउने छ । आयको मार्ग सबल छ, तर बोली र व्यवहारमा भने निकै सतर्कता अपनाउनु पर्ला । आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, जसले गर्दा प्रेमिल जीवनमा बाधा पुग्नेछ । सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । मनमा शान्ति र मुहारमा कान्ति छाउने सन्तोषजनक समय हो । आश मारेको वस्तु वा धन हात पार्न सकिने छ । कारोबारमा लगानी बढाउन उचित समय रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नतिजाको प्रतिक्षामा हुनुहुन्छ भने आशाअनुरुप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा आँटेका काम पूरा गर्न सजिलो हुनेछ । लगनशीलता र मिहिनेतको पुरस्कार हातपार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर दिन हो । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम प्राप्त हुनेछ । आँट र हिम्मतले काम लिन सकेमा मनग्य फाइदा हुनेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : १४ फाल्गुन २०८१, बुधबार  ९ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

उकालो लाग्यो अमेरिकी डलरको भाउ, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको

फागुन १४ गते महाशिवरात्रीका दिनको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल फागुन १४ गते बुधबार

आज महाशिवरात्री पर्व, पशुपतिसहित देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो

काठमाडौं । आज महाशिवरात्री पर्व । महाशिवरात्रीको अवसरमा आज पशुपतिनाथ

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल आज, उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

काठमाडौं । काठमाडौंमा जारी चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल

आजको मौसमः यी ३ प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । महाशिवरात्रीको दिन आज तीन वटा प्रदेशमा मेघगर्जन र