काठमाडौं । आज महाशिवरात्री पर्व । महाशिवरात्रीको अवसरमा आज पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लागेको छ ।
बिहान २ बजे नै पशुपतिका चार ढोका खुला गरिएपछि पूजाअर्चना गर्न श्रद्धालुको भीड लागेको हो । हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्न आज लाखौँको संख्यामा दर्शनार्थिहरु पशुपति पुग्ने गरेका छन् । बच्चादेखि वृद्धसम्म हरेक उमेर समूहका मानिस पाशुपत क्षेत्रमा देखिएका छन् ।
भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।
प्रतिक्रिया