काठमाडौं । महाशिवरात्रीको दिन आज तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी एकरदुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको तथा यी प्रदेशका उच्च पहाडी तथा हिमाली एकरदुई ठाउँमा हल्का हिमपात हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशमा अहिले पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
यसको प्रभावले धेरैजसो पहाडी क्षेत्रमा मौसम आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज राति पनि देशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने अनुमान छ ।
यसवर्षको हिउँदयाम पर्सि शुक्रवारदेखि सकिँदैछ ।
प्रतिक्रिया