८ चैत्र २०८२, आइतबार । March 23, 2026

फागुन १३ गते मंगलबारको तपाईँको राशिफल


१३ फाल्गुन २०८१, मंगलबार  

183
Shares

काठमाडौं । आज मिति २०८१ साल फागुन महिनाको १३ गते मंगलबार ।

तदनुसार २०२५ फेब्रुअरी २५ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः३१ बजे हुनेछ भने सूर्यास्त साँझ ६ः०१ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफ्नो काममा सक्दो खट्नुपर्ने दिन रहेको छ । मिहेनत गरेअनुसार राम्रै प्रतिफल हातलागी हुनेछ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ । आपसी समन्वय र तालमेल कायम रहनेछ । प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रमा भ्रमण हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आँटेको लक्ष्यमा पुग्न सफल भइने छ । नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने देखिन्छ । थोरै मात्र प्रयास गर्दा पनि आम्दानीको मार्ग बढाउन सकिने छ । केही समय घरपरिवारका लागि छुट्उनुपर्ने हुनुसक्छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो । पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
जोखिम र संकटले घेरेको समय छ । धेरै बटुल्ने लोभ गर्दा भएको मूल धन समेत गुम्नसक्ने खतरा देखिन्छ । नियम र कानुनसँग असङ्गत विषयवस्तु र गलत काममा दिलजस्पी राख्नु राम्रो नहोला । कुनै तेस्रो व्यक्तिको प्रवेशले प्रेम सम्बन्धमा कमजोरी देखा पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
शंकास्पद कारोबार र क्रियाकलापमा सहभागी नबन्नु राम्रो होला । महत्वपूर्ण कागजातमा हस्ताक्षर गर्दा राम्ररी पढ्नुहोला । प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक होला । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिश्रम र आरामको सन्तुलनमा ध्यान दिई पठनपाठनमा जुट्नुपर्ने दिन छ । बहस वा तर्कवितर्कमा विजयी भइने छ । शारीरिक थकान र बेचैनीको समय रहेको छ । सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुनेछ । आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन् । शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्व विकासमा ध्यान दिनुहोला । कुनै नयाँ कामको थालनी गर्ने सोच्नुभएको छ भने प्रयास गर्नुहोला । कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ । पारिवारिक प्रयोजनका लागि समय छुट्याउनु उचित होला । प्रेमिकासँग भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका वा भोगविलासका सामाग्रीमा फाइदा हुनेछ । आजको केही समय घरपरिवारमा खर्च गरेको जाती होला । दाम्पत्यसम्बन्धमा तालमेलको कमी देखिनेछ । कुनै गोप्य कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा पर्न सकिनेछ । अध्ययनका साथसाथै व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्ने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
हिम्मतका साथ काम गर्दा महत्वकाँक्षी कार्य शुभारम्भ गर्ने समय छ । कुनै कुराको दुविधा भएमा सहकर्मीको साथ लिँदा झन राम्रो होला । सँगीसाथीसँग रमाउन खोज्दा आपसी समन्वय बिग्रन सक्छ, सचेत हुनुहोला । धर्मकर्म वा परोपकारी काममा चासो बढ्नेछ । आँटेको काममा मित्र र सहयोगीको साथ पाउनाले नचिताएको काम सम्पादन हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ । खर्च बढ्ने दिन भएकाले गोजी बलियो बनाएर बस्नुहोला । मित्रवर्ग र स्टाफको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ । कार्यक्षेत्रमा पनि राम्रो गर्नसक्नाले प्रतिष्ठा र सम्मान पाउन सकिने छ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई व्यवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आजको कुनै पल तपाईंका लागि भावुक समय बन्नसक्छ । परिवारका सदस्य र जीवनसाथीको साथ मिल्नाले मन प्रसन्न रहनेछ । प्रयास गर्दा उपलब्धि पाउने दिन हो । उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ । यद्यपी, आर्थिक पक्ष बाधक बन्ने देखिन्छ । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । पठनपाठनमा बाधा र अवरोध हुने नकारात्मक दिन हो । परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुनसक्छ । नियमित र व्यवहारिक खर्च बढ्न देखिन्छ । वैदेशिक प्रयोजनको कामबाट मनग्य लाभ हुनेछ । मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मानसिक सन्तुष्टिको समय हो । जीवनसाथिलाई कुनै उपहार दिएमा सम्बन्धमा अझ प्रगाढता छाउनेछ । आज धार्मिक स्वभाव र परोपकारी मिजास प्राप्त हुनेछ । पेसागत काम नोकरी वा व्यापार वृत्तिबाट राम्रो धनार्जन गर्न सकिनेछ । सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ७ : २५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो