१२ फाल्गुन २०८१, सोमबार । February 24, 2025

जनतासँग माओवादी तराई मधेश जागरण अभियान आजबाट शुरु हुँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि झापाबाट जनतासँग माओवादी तराई मधेश जागरण अभियान शुरु गर्दै छ।

‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’को उद्घाटनका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू हिजै झापा पुगि सकेका छन्। दिउँसो १२ बजे कचनकवल गाउँपालिका–७बनियानी बजारमा अभियानको औपचारिक उद्घाटन अध्यक्ष प्रचण्डले गर्नेछन् ।

माओवादीको गत पुस २३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार सुरु हुन लागेको अभियान अन्तरगत भोलि मोरङ, १५ गते सुनसरी हुँदै १६ गते मधेस प्रदेशको सप्तरीमा कार्यक्रम हुनेछ।

मधेसका सबै जिल्लाहरु सकेर बागमतीको चितवन हुँदै गण्डकीको नवलपरासीमा सन्चालन हुने अभियान लुम्बिनी हुँदै चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार पनि नेपाली बजारमा

लमजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार

च्याम्पियन्स ट्रफीः आज न्युजिल्याण्ड र बंगलादेश भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी २०२५ अन्तर्गतको छैटौं खेलमा आज

जनतासँग माओवादी तराई मधेश जागरण अभियान आजबाट शुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आजदेखि झापाबाट जनतासँग माओवादी तराई

च्याम्पियन्स ट्रफीः कोहलीको शतकमा पाकिस्तानमाथि भारतको सहज जित

काठमाडौं । जारी आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत गएराति भएको खेलमा