काठमाडौं । जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लेबनानले सान्त्वना जित निकालेको छ ।
आइतबार सम्पन्न खेलमा किर्गिस्तानलाई २(० गोल अन्तरले पराजित गर्दै लेबनान तेस्रो भएको हो । लेबनानको जितमा खेलको १३औं मिनेटमा कृष्टी मालोउफले र खेलको २२औं मिनेटमा मया रोजले गोल गरेका थिए । लेबनान र किर्गिस्तान यसअघिका आफ्ना २ खेलमा नेपाल र म्यानमारसँग पराजित भएका थिए ।
किर्गिस्तानले भने प्रतियोगितामा खेलेका तीनै खेलमा हार बेहोरेर बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा आजै नेपाल र म्यानमार खेल्दै छन् ।
त्यस्तै फाइनलमा पनि नेपाल र म्यानमार नै आगामी बुधबार खेल्दै छन् ।
प्रतिक्रिया