१९ बैशाख २०८२, शुक्रबार । May 3, 2025

च्याम्पियन्स ट्रफीः इङ्गल्याण्डविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित



काठमाडौं । पाकिस्तानमा जारी आईसीसी च्याम्पियन्स ट्रफीको चौथो खेलमा अष्ट्रेलियाले इङ्गल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ ।

जोश इङ्गलिसको अविजित शतकको मद्दतले अस्ट्रेलियाले च्याम्पियन्स ट्रफीको इतिहासमा सबैभन्दा ठूलो लक्ष्य हासिल गरेको हो । इङ्ग्ल्याण्डले अष्ट्रेलियालाई जितका लागि ३ सय ५२ रनको लक्ष्य दिएको थियो । तर अस्ट्रेलियाले १५ बल बाँकी रहँदा निकै रोमाञ्चक खेलमा यो लक्ष्य हासिल गर्‍यो ।

अष्ट्रेलियाली टोलीले टस जितेर इङ्ग्ल्याण्डलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको थियो। इङ्ग्ल्याण्डको सुरुवात राम्रो भएन, उनीहरूले ६ ओभर भित्र दुई विकेट गुमाए । तर बेन डकेटको १६५ र जो रुटको ६८ रनले इङ्ल्यान्डलाई ३५१ को स्कोरमा पुर्‍याउन मद्दत गर्‍यो । अस्ट्रेलियाका लागि बेन द्वारशिवले तीन विकेट लिए ।

यो लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले पनि २७ रनमा दुई विकेट गुमायो । यद्यपि, सर्टले ६३ र लाबुस्चेनले ४७ रन बनाएर अस्ट्रेलियालाई खेलमा फर्काए । यसपछि, इङ्गलिसले केरीसँगै जिम्मेवारी सम्हाले। केरीले ६९ रन बनाए । इङ्गलिसले ८६ बलमा १२० रन बनाएर अविजित रहे र टोलीलाई जित दिलाए ।

म्याक्सवेल पनि १५ बलमा ३२ रनमा अविजित रहे ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  ८ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालमा आगामी वर्षदेखि यूरो ६ मापदण्ड लागू गर्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि नेपालमा यूरो ६

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का

अब नेपालमै कमाउँदै पढ्ने अवसर,विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा

काठमाडौं । अब क्याम्पस पढ्ने नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न सक्ने

समस्याग्रस्त सहकारीका साना बचतकर्ताले रकम फिर्ता पाउने !

काठमाडौं । समस्यामा परेका सहकारी संस्था सदस्यका साना बचतकर्ताहरूको रकम

युवालाई कृषिमा आकर्षित गर्न सरकारको यस्तो छन् नयाँ योजना

काठमाडौं । कृषि क्षेत्रलाई उद्यमशील बनाउने उद्देश्यले सरकारले नयाँ नीति