५ आश्विन २०८३, सोमबार । September 22, 2026

पूर्वराजा ज्ञानेन्द्रको अपिलः राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस (भिडिओ)


७ फाल्गुन २०८१, बुधबार  

30
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने हो भने आफूहरूलाई साथ दिन आम जनतालाई अपिल गरेका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा मङ्गलबार साँझ शुभकामना सन्देश जारी गर्दै उनले देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका हुन् । देशमा कुनै संकट नआओस् भनेर उदारता राख्दै आफूले गद्दी त्याग गरेको पूर्वराजा शाहको भनाइ छ । उक्त त्यागलाई कमजोरीको रुपमा नलिन पनि उनले चेतावनी दिएका छन् । आफ्नो इतिहासलाई नास गरेर उँभो लाग्न सकिँदैन भन्ने कुराको हेक्का राख्न पनि पूर्वराजा शाहले आग्रह गरेका छन् ।

‘हाम्रो यो नेपाल देशभक्त पूर्खाहरूले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै सङ्ंकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौँ । त्यति मात्रै होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा, सुख सुविधालाई पनि त्याग गरेका हौँ । त्यागले कसैको कद सानो हुने होइन। त्यस्तो भाव कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पन पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाशा हो। हाम्रो त्यागको अर्थ, आशय पनि त्यही नै हो,’ सन्देशमा उनले उल्लेख गरेका छन् ।

हेर्नुहोस् पूर्वराजाको भिडिओ सन्देशः

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा