२२ माघ २०८२, बुधबार । February 4, 2026

नेपाल स्काउटका निर्देशक भट्टराईमाथि छानबिन र कारबाहीको मागसहित खेलकुदमन्त्रीलाई ज्ञापनपत्र



काठमाडौं । नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईमाथि छानबिन गरी कारबाही गर्न माग गर्दै नेपाल स्काउटका प्रमुख स्काउट युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलाई ज्ञापनपत्र बुझाइएको छ ।

मंगलबार नेपाल स्काउट शुद्धीकरण अभियानले विवादित निर्देशक भट्टराईमाथि छानबिन गरी कारबाही हुनुपर्ने भन्दै मन्त्री चौधरीसमक्ष चार सुत्रीय माग पेश गरेको हो । राष्ट्रिय प्रधान कार्यालयका निर्देशक रामप्रसाद भट्टराईद्वारा कार्यक्षेत्रमा गरिने दुर्व्यवहार तथा यौन दुर्व्यवहारसंग सम्बन्धीत विषय उपर छानविन गरिनुपर्ने नेपाल स्काउट शुद्धीकरण अभियानको माग छ ।

नेपाल स्काउटका निर्देशक भट्टराईले महिलामाथि दुर्व्यवहार गरेको आरोप

‘हालै प्रमुख स्काउटको हस्ताक्षरद्वारा जारी कर्मचारी प्रशासन नियमावली २०८१ का प्रसुति बिदा जस्ता कतिपय प्रावधानहरु कर्मचारीको मनोवल गिराउने खालको भएको हुँदा सो नियमावली उपर राष्ट्रीय परिषदमा व्यापक छलफल गरी सो परिषदबाट पारित गराई शंसोधित नियमावली लागु गर्नुपर्छ,‘राष्ट्रिय प्रधान कार्यालयका निर्देशक राम प्रसाद भट्टराईको अनियमितता संग सम्बन्धीत नेपाल स्काउटमा प्राप्त १० बुँदे उजुरी उपर छानविन गरिनुपर्छ ’नेपाल स्काउट शुद्धीकरण अभियानका संयोजक देवदुत अधिकारीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ।

निर्देशक भट्टराई उपर छानविन पुरा नहुन्जेल निजलाई निलम्बनमा राखिनुपर्ने एवं छानविनको प्रकृया पुरा भए पश्चात प्रतिवेदनका आधारमा कार्वाही हुनुपर्ने समेत माग गरिएको छ । नेपाल स्काउट शुद्धीकरण अभियानले उल्लेखित मागहरु पुरा गर्न सात दिनको अल्टिमेटम समेत दिएको छ ।

सो अवधिभित्र मागहरु पुरा नभएमा विरोध तथा आन्दोलनका कार्यक्रमहरु थालनी गरिने समेत अभियानले चेतावनी दिएको छ । निर्देशक भट्टराईमाथि खेलकुदमन्त्री चौधरीको संरक्षणमा स्काउटमा आफू अनुकूल निर्णय गरेको लगायतका आरोप लागेका छन् ।

योसँगै आज मन्त्रीलाई नेपाल स्काउट प्रोग्रेसिभ स्ट्रगल कमिटी द्वारा पनि ज्ञापन पत्र बुझाइएको छ। ज्ञापन पत्रमा स्काउटको सुधारका लागि हुने प्रत्येक गतिविधिमा एक्यबद्धता छ भन्ने जानकारी दिइएको छ।

नेपाल स्काउट शुद्धीकरण अभियानद्धारा खेलकुदमन्त्रीलाई बुझाइएको ज्ञापनपत्र

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ९ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल