८ चैत्र २०८२, आइतबार । March 23, 2026

माघ ४ गते आइतबारको तपाईँको राशिफल


४ फाल्गुन २०८१, आइतबार  

438
Shares

काठमाडौं । आज मिति २०८१ साल फागुन ४ गते आइतबार ।

तदनुसार २०२५ फेब्रुअरी १६ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४० बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५५ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ । आफ्नो हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई व्यवास्था गर्नु उचित नहोला । कमजोरिलाई माध्यम बनाएर शत्रु हाबी हुने समय रहेको छ । विश्वासिलो साथि वा सहयोगी कर्मचारिले नै समस्या बल्झाउन सक्छन् । स्वास्थ्यगत कमजोरीले प्रेमि जीवनमा केही असहज हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
तनाव र दबाबले मुक्त भएर आफ्नो काममा मस्त रहने समय हो । घरपरिवारबाट शुभ समाचार आउने छ । पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र गरगहनाको कारोबारबाट लाभ लिन सकिन्छ । बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसित भेटघाट हुने तथा रामरमाइलोमा सरिक हुने दिन रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
काममा सानो लापरबाही गर्दा ठूलै नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । प्रयास गर्दा राम्रो नतिजा हात लाग्नेछ । प्रतिष्पर्धी वा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन् । आफ्नो गोप्य कुरा बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । पेसागत र व्यवसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घरपरिवारलाई पनि केही समय छुट्याउनु उचित होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
साथिभइसँग रमाइलो भेटघाट हुनेछ । देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । सामाजिक गतिविधिमा खट्नुपर्ने दिन रहेको छ । धार्मिक वा सांस्कृतिक काममा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ । काममा दुविधा भए साथीभाइको सल्लाह लिनु उचित होला । औजार, हातहतियार, किराना सामाग्री, वा सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले राम्रो लाभ पाउने योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा छ भन्ने बुझ्नुहोला । परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो । थप आम्दानीका मार्गहरु बढ्ने पहिल्याउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ । सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो नतिजा आउनेछ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । चिताएका काम सम्पादन हुनुका साथै हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । सेवाग्राहीलाई प्रभावित पारेर सम्मान पाउने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ रोजगारीका लागि प्रयासरत हुनुहुन्छ भने गरेको प्रयासमा सफलता मिल्नेछ । कारोबारमा झट्ट अर्काको विश्वास गरिहाल्नु उचित नहोला । आर्थिक दृष्टिले कमजोर समय रहेकाले हरेक काममा विचार पुर्याएर खर्च गर्नुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो । पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्छ । लाभमुलक काममा दौडधुप गर्नुपर्दा आपसी समन्वयमा कमजोरि देखा पर्नेछ । आफ्नो क्षमताको प्रदर्शन गरि अरुलाई प्रभावित बनाउन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सबै विवाद र समस्याहरुलाई सकारात्मक ढंगले समाधान गर्न सकिने छ । व्यवसायिक कामको चाप बढ्नसक्छ । कुनै काम विशेषले टाढाको यात्रामा निस्कनुपर्ने बाध्यता हुनसक्छ । प्रेमि÷प्रेमिकाबीच एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लक्ष्यमा पुग्न सफल भइनेछ । नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले ठूलो सफलता मिल्नसक्ने देखिन्छ । अर्काको सहयोग गर्न पाउँदा वा परोपकारी काममा सन्तुष्टि बढ्ने समय रहेको छ । ल्क्ष्य पहिल्याउन सहज भएपनि लक्ष्यमा पुग्न भने धेरै मिहेनत गर्नुपर्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
छोटो दुरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय रहेको छ । अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । जीवनसाथि वा परिवारका सदस्यसँग मतभेद बढ्ने दिन रहेको छ । कतै टाढाको यात्रा गर्ने सोच बनाउनु भएको छ भने यथासम्भव रोक्नु ठिक होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिने छ । कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय रहेको छ । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ । पुरानो लेनदेन वा ऋणसापटीको बोझ हट्नेछ । बाचाबन्धन वा कसम पूरा गर्नाले मनमा हलुकापनको अनुभूति हुनेछ । प्रेमि वा जीवनसाथिसँग रमाउने समय रहेको छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो