२० फाल्गुन २०८१, मंगलबार । March 4, 2025

माघ ४ गते आइतबारको तपाईँको राशिफल



काठमाडौं । आज मिति २०८१ साल फागुन ४ गते आइतबार ।

तदनुसार २०२५ फेब्रुअरी १६ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४० बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५५ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रकृतिमा समय बिताउँदा छटपटी र निराशाको अन्त्य हुनेछ । आफ्नो हरेक व्यवहारमा आफन्तको इच्छा र चाहनालाई व्यवास्था गर्नु उचित नहोला । कमजोरिलाई माध्यम बनाएर शत्रु हाबी हुने समय रहेको छ । विश्वासिलो साथि वा सहयोगी कर्मचारिले नै समस्या बल्झाउन सक्छन् । स्वास्थ्यगत कमजोरीले प्रेमि जीवनमा केही असहज हुनसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
तनाव र दबाबले मुक्त भएर आफ्नो काममा मस्त रहने समय हो । घरपरिवारबाट शुभ समाचार आउने छ । पुस्तक, शिक्षाक्षेत्र, छापाखाना, कन्सल्टेन्सी र गरगहनाको कारोबारबाट लाभ लिन सकिन्छ । बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसित भेटघाट हुने तथा रामरमाइलोमा सरिक हुने दिन रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
काममा सानो लापरबाही गर्दा ठूलै नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ । प्रयास गर्दा राम्रो नतिजा हात लाग्नेछ । प्रतिष्पर्धी वा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन् । आफ्नो गोप्य कुरा बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । पेसागत र व्यवसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घरपरिवारलाई पनि केही समय छुट्याउनु उचित होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
साथिभइसँग रमाइलो भेटघाट हुनेछ । देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । सामाजिक गतिविधिमा खट्नुपर्ने दिन रहेको छ । धार्मिक वा सांस्कृतिक काममा सहभागी बन्नाले प्रतिष्ठा र पहिचान प्राप्त हुनेछ । काममा दुविधा भए साथीभाइको सल्लाह लिनु उचित होला । औजार, हातहतियार, किराना सामाग्री, वा सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले राम्रो लाभ पाउने योग रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आर्थिक पक्ष सुदृढ रहनुका साथै इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । पतिपत्नीमा एक किसिमको समझदारी कायम हुने दिन हो । जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा छ भन्ने बुझ्नुहोला । परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो । थप आम्दानीका मार्गहरु बढ्ने पहिल्याउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ । सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो नतिजा आउनेछ । सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । चिताएका काम सम्पादन हुनुका साथै हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । सेवाग्राहीलाई प्रभावित पारेर सम्मान पाउने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ रोजगारीका लागि प्रयासरत हुनुहुन्छ भने गरेको प्रयासमा सफलता मिल्नेछ । कारोबारमा झट्ट अर्काको विश्वास गरिहाल्नु उचित नहोला । आर्थिक दृष्टिले कमजोर समय रहेकाले हरेक काममा विचार पुर्याएर खर्च गर्नुहोला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफ्नो क्षमता र प्रतिभाअनुसार अवसर मिल्ने दिन हो । पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्छ । लाभमुलक काममा दौडधुप गर्नुपर्दा आपसी समन्वयमा कमजोरि देखा पर्नेछ । आफ्नो क्षमताको प्रदर्शन गरि अरुलाई प्रभावित बनाउन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सबै विवाद र समस्याहरुलाई सकारात्मक ढंगले समाधान गर्न सकिने छ । व्यवसायिक कामको चाप बढ्नसक्छ । कुनै काम विशेषले टाढाको यात्रामा निस्कनुपर्ने बाध्यता हुनसक्छ । प्रेमि÷प्रेमिकाबीच एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ । जीवनशैली र कार्यप्रणालीमा आएको परिवर्तनले सकारात्मक वातावरण बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लक्ष्यमा पुग्न सफल भइनेछ । नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले ठूलो सफलता मिल्नसक्ने देखिन्छ । अर्काको सहयोग गर्न पाउँदा वा परोपकारी काममा सन्तुष्टि बढ्ने समय रहेको छ । ल्क्ष्य पहिल्याउन सहज भएपनि लक्ष्यमा पुग्न भने धेरै मिहेनत गर्नुपर्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
छोटो दुरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय रहेको छ । अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । जीवनसाथि वा परिवारका सदस्यसँग मतभेद बढ्ने दिन रहेको छ । कतै टाढाको यात्रा गर्ने सोच बनाउनु भएको छ भने यथासम्भव रोक्नु ठिक होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिने छ । कार्यक्षेत्रबाट फुर्सद निकालेर आनन्द र मस्तीमा भुलिने समय रहेको छ । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ । पुरानो लेनदेन वा ऋणसापटीको बोझ हट्नेछ । बाचाबन्धन वा कसम पूरा गर्नाले मनमा हलुकापनको अनुभूति हुनेछ । प्रेमि वा जीवनसाथिसँग रमाउने समय रहेको छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ८ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बार एसोसिएसन निर्वाचनः २ बर्षदेखि नवीकरण नगरेका २१ सयको नाम नामावलीमा समावेश, चुलियो विवाद

काठमाडौं । नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्य समिति निर्वाचनमा

थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुट्यो, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानीको पाइप फुटेको छ ।

च्याम्पियन्स ट्रफीः पहिलो सेमिफाइनल खेल आज, भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौं । जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज हुने पहिलो सेमिफाइनल

आजको मौसमःयी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

घट्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको