८ चैत्र २०८२, आइतबार । March 23, 2026

फागुन १ गते बिहीबारको तपाईँको राशिफल


१ फाल्गुन २०८१, बिहिबार  

981
Shares

काठमाडौं । आज मिति २०८१ साल फागुन १ गते बिहीबार ।

तदनुसार २०२५ फेब्रुअरी १३ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४२ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५३ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रियजन र आफन्तलाई सरसहयोग गर्ने समय रहेको छ । जीवनसाथिलाई खुसी बनाउन संगीत, नृत्य वा कलाको प्रयोग गर्न अनुकूल समय देखिन्छ । धेरैजनासँग मिलेर काम गर्ने प्रयास हुनेछ, तर समुचित परिणाम प्राप्त गर्न भने धौधौ होला । क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक वातावरण निकै राम्रो देखिएको छ । कुरा काट्ने र खिसीट्युरी गर्नेहरुको क्रियाकलाप देखेर मन खिन्न बन्नसक्छ । शारीरिक रुपमा स्वस्थ देखिए पनि मानसिक रुपमा भने केही कमजोरि देखिनेछ । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ । नौलो व्यक्तिहरुसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आत्मबल र हिम्मतका साथ काम गरेमा महत्वकाँक्षी कार्य शुभारम्भ गर्ने समय रहेको छ । नयाँ एवं पुराना मित्रसित भुलिनाले जीवनसाथिलाई समय प्रदान गर्न सकिंदैन । कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन रहेको छ । सञ्चारमाध्यमबाट खुसी हुने समाचार प्राप्त हुनेछ । मन एकतमासको बनिदिनाले बुद्धि र विवेकको सही प्रयोग गर्न सकिंदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अठोट र निर्णयहरुमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ । सुखसुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने र खर्च बढ्ने दिन हो । अभिव्यक्ति कौशलमा निखार आउने छ, अध्ययनप्रतिको लगावले व्यक्तित्व विकासको सुअवसर समेत मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
विजय र सफलताले जताततै पछ्याउने योग छ । रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक होला । एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजको समय कमजोर हुनुका साथै मन अस्थिर र कातर बन्नेछ । कतिपय बिषयको निर्णय लिनुपर्दा मनमा दोधारेपनि देखिने छ । कमजोरी खोतल्नुको साटो एकआपसमा समर्पित भएमा मात्र पे्रम जीवन सफल हुनेछ । अर्काको सल्लाह, सुझाव र आशयलाई सुन्ने बानिको बिकास गर्नु राम्रो होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान र अनुभवको प्रयोग गरी कुनै महत्वपूर्ण बिषयमा लाभ लिन सकिने छ । तपाईंको परिश्रमको प्रशंसा हुने वा कमजोरीको विश्लेषण गर्दै सुझाव प्राप्त हुने समय छ । जीर्णद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ । घरायसी कामको चाप बढ्नाले कार्यक्षेत्रमा प्रभाव देखिन्छ । आर्थिक कारोबारबाट रामै्र फाइदा हुने दिन रहेको छ । फलाम, कोइला, पेट्रोलियम पदार्थ आदि नै तपाईंको व्यापार हो भने अझ राम्रो प्रतिफल पाइने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
जनकल्याण र परोपकारको भावना विकसित हुने राम्रो दिन हो । कुनै पुरानो मन्दिर वा स्मारकको भ्रमण गर्ने अवसर जुर्नसक्छ । जग्गाजमिन, ढुवानी, निर्माण सामग्री आदि व्यवसाय छ भने राम्रो लाभ लिन सकिनेछ । आज कारोबारका अतिरिक्त धार्मिक र पारम्परिक काममा पनि संलग्न हुन सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
परिक्षा र प्रतिष्पर्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनुहोला । जोखिम र सङ्कटले घेरेको समय रहेको छ । धेरै धन कमाउने लोभ गर्दा भएको समेत गुम्नसक्छ । संयमता अपनाएर आफ्नो कामलाई निरन्तरता दिएको राम्रो होला । आर्थिक कारोबारमा हात हाल्दा विशेष ध्यान दिनुहोला । अन्यथा ठुलै नोक्सानी व्यहोर्नुपर्ने हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मन कल्पना र भावनामा रुमलिन सक्छ । अल्छी नगरी पढाइमा ध्यान दिएको राम्रो होला । अनावश्यक कुरामा समय विताउनु भन्दा काममा ध्यान दिनु उचित होला । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्नेछ । मन हलुका र शरीर तन्दुरुस्त देखिनेछ । काम छाडेर गफगाफमा भुलिन सकिनेछ । रामरमाइलो त्यागेर काम र प्राथमिकताउपर ध्यान दिनु उचित होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तित्व विकासका लागि राम्रो अवसर प्राप्त हुनेछ । तोकिएको काम समयमै सम्पादन गर्न सकिने र थप आयआर्जनका लागि मन उत्सुक हुने समय रहेको छ । खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहिबार  ७ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो