८ चैत्र २०८२, आइतबार । March 23, 2026

माघ ३० गते बुधबारको तपाईँको राशिफल


३० माघ २०८१, बुधबार  

528
Shares

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको ३० गते बुधबार ।

तदनुसार २०२५ फेब्रुअरी १२ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४३ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः५२ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
दाम्पत्यसम्बन्धमा तालमेलको कमी देखिने छ । कुनै गोप्य कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा पर्न सकिनेछ । उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । प्रतिष्पर्धी अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन् । तर, आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ । नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । इष्टमित्र र नातेदारसँग भेटघाटको योग रहेको छ । परोपकारी र साहसी काम गर्न मन उत्साहित हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नेछन् । आम्दानीको पाटो सहज भएपनि धाक लगाउने क्रममा मोटै रकम खर्च हुने देखिन्छ । बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नु आवश्यक देखिन्छ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले आजको समय अनुकूल छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफूलाई उर्जावान र जीवन्त महसुस गर्न सकिने छ । जीवनसाथिबाट कुनै कुराको अपेक्षा गरेको जाति होला । कुनै व्यक्तिगत समस्या छ भने आफ्नो मनमिल्ने साथिलाई बताएमा सही निकास पाउन सकिनेछ । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठनमा पनि ध्यान केन्द्रित हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काममा बाधा र अवरोध सिर्जना हुनुका साथै अनावश्यक खर्च बढ्ने समय छ । कुनै जोखिमयुक्त काममा सहभागिता जनाउनु उचित नहोला । दौडधूप गर्नुपर्ने काम, ढुवानी र यातायात वा मार्केटिङको क्षेत्रमा निकै राम्रो छ । काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्रीको कारोबारमा लाभ पाउन सकिन्छ । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन् । पारिवारिक माहोल पनि ठीकै देखिन्छ । अहङ्कार र घमण्डलाई काबुमा राख्नु राम्रो होला । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोला । लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो । निजी काममा खट्नुपर्दा जीवनसाथिको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव बढ्नसक्छ । कुटनैतिक क्षमताको उपयोग गर्नाले सम्मान र प्रशंसा पाइने छ । मौखिक अभिव्यक्ति वा कलात्मक कामका माध्यमबाट धनरकमसमेत जुटाउन सकिने राम्रो दिन रहेको छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुनसक्छ । प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने देखिन्छ । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ । कर्मप्रति समर्पित हुनुका साथै प्रतिष्ठामा बृद्धि हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शरीरमा थकान र उत्साहमा कमी आउने समय रहेको छ । आफूलाई सक्दो प्रसन्न बनाउने प्रयास गर्नुहोला । परिक्षा वा कुनै प्रतिष्पर्धामा सहभागी हुँदै हुनुहुन्छ भने योजनाहरु गोप्य राख्नु ठीक होला । गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ, विशेष ध्यान दिनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफ्नो र परिवारका लागि समय व्यवस्थापन गर्न सकिने छ । आफ्नो कुरा मात्रै थोपर्ने भन्दा पनि जीवनसाथिको भावना बुझ्ने प्रयास गर्नुहोला । राम्रा र नयाँ डिजाइनका लुगाफाटा लगाउने सौख जाग्नेछ । जीवनसाथीका लागि वस्त्र वा गरगहना खरीद गर्ने मनसाय बन्नसक्छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ । पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो । कुनैकुनै कुरामा तपाईंको हठ र जिदले माहोल नरमाइलो बन्नसक्छ । शत्रु र विरोधीहरूसँग डटेर प्रतिष्पर्धा गर्ने समय रहेको छ । पत्रकारिता, वकालत, कृषिकार्य वा व्यापार गर्नेका लागि राम्रो दिन छ । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय रहेको छ । परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक होला । कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ । आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु पनि समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७–९८४२२१९७३५

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ७ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो