काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । उपाधि दौडबाट बाहिरिसकेको नेपाल आफ्नो पहिलो जित हासिल गर्ने योजनामा छ । नेपाल पछिल्लो ४ खेलमा पराजित भएको थियो ।
नेदरल्याण्ड्स भने आफ्नो तेस्रो जित हासिल गर्न चाहन्छ ।
प्रतिक्रिया