२२ माघ २०८१, मंगलबार । February 4, 2025

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड



काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो चौथो खेलमा थाइल्यान्डविरुद्ध टस हारेर पहिले बलिङ गर्ने भएको छ।

प्रतियोगितामा थाइल्यान्डविरुद्ध दोस्रो पटक भिड्न लागेको नेपाल प्रतियोगितामा पहिलो जितको खोजिमा रहेको छ। प्रतियोगितामा शतप्रतिश जितसहित शीर्ष स्थानमा रहेको थाइल्यान्डविरुद्ध नेपाल पहिलो खेलमा पराजित भएको थियो। त्यस्तै नेपालले नेदरल्यान्ड्स‍्विरुद्धका दुई खेल पनि गुमायो।

शृखलामा एक टिमले ३ खेल खेल्ने कार्यसूची रहेको छ। यस्तोमा नेपालको आजसहित कुल तीन खेल बाँकी रहँदा उपाधिका लागि भने सबै तीन खेल फराकिलो अन्तरले जित्नु पर्ने दबाब छ। जारी सिरिजको पहिलो खेलमा नेपालले ३० जनवरीमा नेदरल्यान्ड्ससँग २० रनले पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको थियो।

तालिकामा थाइल्यान्ड तीन खेलमा तीनै जीत निकाल्दै ६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको नेदरल्यानड्सले नेपाललाई २ खेलमा हराएर ४ अङ्कका साथ दोस्रो स्थानमा छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  १२ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको प्रमाणपत्र

काठमाडौं । नेपाल औषधि लिमिटेडले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड कुशल

जाजरकोटमा टिपर दुर्घटना,१ को मृत्यु २ घाइते

काठमाडौं । मध्य पहाडी राजमार्ग अन्तर्गत जाजरकोट खण्डमा टिपर दुर्घटना

दोहोरो अंकले घट्यो नेप्से, कति भयो कारोबार ?

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक

त्रिकोणात्मक महिला टी-२० सिरिजः चौथो खेलमा पनि नेपाल पराजित

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो