२२ माघ २०८१, मंगलबार । February 4, 2025

स्याङ्जामा स्कारपियो दुर्घटना, ५ जना घाइते



काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा स्कारपियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मंगलबार बिहान ८ बजेतिर उक्त दुर्घटना भएको थियो । वालिङबाट सिरबानी तर्फ जाँदै गरेको ग१च ८९१३ नम्बरको स्कारपियो बाटोबाट करिब चार मिटर तल खसेको थियो। दुर्घटनामा वालिङ नगरपालिका १४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे, पर्वत पैंयु गाउँपालिका ६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका छन्।

घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ। स्कारपियोमा सवार आठ मध्ये दुर्घटनामा तीन जना सकुसल रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

त्रिकोणात्मक टी २० सिरिजः नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै थाइल्यान्ड

काठमाडौं । जारी जारी त्रिकोणात्मक टी २० सिरिजअन्तर्गत नेपालले आफ्नो

स्याङ्जामा स्कारपियो दुर्घटना, ५ जना घाइते

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका १४ तमादीस्थित वालिङ-पर्वत कच्ची सडकमा

ह्वात्तै बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजार

त्रिकोणात्मक महिला टी-२० सिरिजः पहिलो जितको खोजिसहित थाइल्याण्डसँग भिड्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी अन्तर्राष्ट्रिय त्रिकोणात्मक महिला टी-२०

लामिनार टायल्स उत्पादक लुम्बिनी सेरामिक्सले आईपीओ निष्काशन गर्ने

काठमाडौं । लामिनार टाईल्स्को उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले नेपाली सर्वसाधारणको