काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ । तराईका धेरै ठाउँमा आज पनि कुहिरो लागेको छ । अरू देशका बाँकी भागमा मौसम सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । काठमाडौं उपत्यकामा पनि मौसम सफा नै छ ।
आज काठमाडौंको न्यूनतम तापक्रम केही घटेको छ । बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ । हिजोको तुलनामा आज बिहानपख काठमाडौंमा चिसो अलि बढी भएको हो । हिजो बिहानको न्यूनतम तापक्रम ५ दशमलव ८ डिग्री सेल्सियस थियो ।
आज काठमाडौंको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने अनुमान छ ।
प्रतिक्रिया