१ आश्विन २०८३, बिहिबार । September 18, 2026

आजको मौसमः बढ्न थाल्यो काठमाडौंको तापक्रम, यी तीन प्रदेशमा हिमपातको सम्भावना


१० माघ २०८१, बिहिबार  

336
Shares

काठमाडौं । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिमका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू र गण्डकीको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशमा पनि आज रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा मौसम आंशिक बदली भइ हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा केही दिनयता तापक्रम बढ्न थालेको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  ७ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ