२४ माघ २०८१, बिहिबार । February 6, 2025

माघ २४ गते बिहीबारको तपाईँको राशिफल



काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २४ गते बिहीबार ।

तदनुसार २०२५ फेब्रुअरी ६ तारिख । नेपाल सम्बत ११४५ । आज सूर्योदय बिहान ६ः४७ बजे हुनेछ भने सूर्यास्त साँझ ५ः४८ बजे हुनेछ । अब सुरु गरौँ आजको राशिफल…

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आम्दानी र खर्चको सन्तुलनमा ध्यान दिनुहोला । दीर्घकालिन लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । बढि महत्वकाँक्षा राख्नाले निराशा हात लाग्नेछ । सरसापटी लिएको हिसाबकिताब मिलान गर्न सकिने छ । कतै अड्किएको वा लगानीमा रहेको धनको प्रतिफल पाउन सकिने योग रहेको छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
केही समय व्यक्तिगत खुसी र आन्तरिक आवश्यकताका लागि छुट्याउनु आवश्यक देखिन्छ । उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो दिन रहेको छ । मिहेनत र लगनशीलताले नै तपाईँलाई सफलताको बाटोमा अघि बढाउँछ । महत्वकाँक्षी प्रयासहरुमा थप जोड दिने समय रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
विवादास्पद निर्णयमा सरिक हुनुपर्ने हुनसक्छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन रहेको छ । साँझपख मन हतास र भावुक बन्नसक्छ । खर्चमा अचानक बृद्धि हुने योग रहेको छ । जोखिम मोलेर कुनै पनि काम नगर्नु उचित होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ । खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । कामधन्दामा सहजताको अनुभूति हुनेछ । घरपरिवारमा पनि समझदारी कायम रहने छ । साथीसंगी र बाल्यावस्थाका मित्रसँग भेटघाट हुनाले दिन रमाइलो बन्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतियोगिता वा प्रतिष्पर्धामा सफल भइने छ । अड्किएको कामलाई टुङ्गोमा पुर्याउन प्रयास गरिने छ । सर्टकट वा छोटो बाटो छोडेर मिहेनत गरेर अगाडि बढ्नु उचित होला । समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यन्वयन गर्नुपर्ने छ । व्यक्तित्व विकासका दृष्टिले राम्रो दिन रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आफ्नो क्षमता प्रदर्शन गरी अरुमाथि छाप छाड्न सकिने समय रहेको छ । रोमान्टिक जीवनभन्दा पनि घरपरिवार र अभिभावक महत्तवपूर्ण बन्नसक्छन । भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र जीवनसाथिलाई फकाउने प्रयास गर्नुहोला । व्यक्तित्व विकास हुने वा सफलता र सम्मान प्राप्त गर्ने योग रहेको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनुहोला । गोपनीय र रहस्यात्मक विषयको जानकारी बटुल्ने दिन रहेको छ । मनमा बारम्बार नकारात्मक धारणामात्र आइरहने छ । कसैको असम्भव आशामा वा बहकाउमा नफस्नु होला ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रेमिकासँग भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्नसक्छ । स्वभावमा केही कडापन देखिएको महशुस हुनेछ । परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयम हुनुहोला । कामधन्दाबाट सदाझै राम्रो फल प्राप्त हुनेछ । पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सम्मान र साख प्राप्त गर्न सकिने सुन्दर दिन छ । नोकरी र व्यवसायिक जीवनमा सुधार आउने तथा प्रतिष्ठाप्राप्ति वा पदोन्नतिको सम्भावना देखिन्छ । ऊर्जा, ग्यास, इलेक्ट्रिक, खेलकुद र धातुजन्य व्यवसायबाट राम्रो लाभ पाउन सकिने छ । झैझगडा वा विवादबाट टाढा बसेको जाति होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ । आर्थिक लाभको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय रहेको छ । थोरै मिहेनत गर्दासमेत ठूलो सफलता मिल्न सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुपर्ने देखिन्छ । कामधन्दालाई पर सारेर केही समय विश्राम लिनु उचित हुन्छ । सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ । मन हलुका र शरीर स्वस्थ भएको आभाष हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन रहेको छ । सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । व्यक्तिगत कार्यमा सफलता मिल्नेछ तर पारिवारिक दायित्व र जिम्मेबारी बढिरहने समय छ ।

ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद
सम्पर्क नं ९७७– ९८४२२१९७३५

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  ७ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

निरन्तर उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो तोलामा ?

काठमाडौं । बिहीबार पनि नेपाली बजारमा सुनको भाउ उकालो लागेको

त्रिकोणात्मक महिला टी २० सिरिजः आज नेदरल्याण्डस र थाइल्याण्ड भिड्दै

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय त्रिकोणात्मक टी २०

आजको विनिमयदरः बढ्यो अमेरिकी डलरको भाउ, अन्य मुद्राको बिक्रिदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः काठमाडौंमा चिसो केही बढ्यो, कस्तो छ देशभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको

माघ २४ गते बिहीबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २४ गते