२७ बैशाख २०८२, शनिबार । May 10, 2025

च्याम्पियन्स ट्रफीका लागि भारतीय टोली घोषणा, को-को परे ?



एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले च्याम्पियन्स ट्रफीका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ ।

रोहित शर्माले कप्तानी गर्ने टोलीमा शुभमन गिल, यशस्वी जैसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, ऋषभ पन्त, रविन्द्र जडेजा, हार्दिक पाण्डेय, अक्षर पटेल, वाशिङ्गटन सुन्दर, कुलदीप यादव, जसप्रित बुमराह, मोहम्मद शमी, अर्शदीप सिंह रहेका छन् । फास्ट बलर मोहम्मद शामी एक वर्षपछि टिममा फर्किएका छन् ।

अष्ट्रेलिया भ्रमणका क्रममा घाइते भएका जसप्रित बुमराह पनि टोलीमा परेका छन् । टोलीमा ४ अलराउण्डर राखिएको छ । सन् २०२५ मा हुने च्याम्पियन्स ट्रफीको आयोजक देश पाकिस्तान हो । तर, भारतीय टोलीका सबै खेल दुबईमा हुनेछन् । भारतीय टोलीले आफ्नो पहिलो खेल फेब्रुअरी २० मा बङ्गलादेशसँग खेल्नेछ।

भारतीय टोलीको दोस्रो खेल पाकिस्तानसँग २३ फेब्रुअरीमा हुनेछ । मार्च २ मा भारतीय टोलीले न्युजिल्यान्डसँग तेस्रो खेल खेल्नेछ । भारतीय टोलीले दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।

तर, सन् २०१७ मा च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तानले भारतलाई हराएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ४ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले

आज नेपाली बजारमा सस्तियो सुन, चाँदी महँगियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा कमी आएको छ

महिला टी-२० विश्वकप छनोटः नेपाल र हङकङ बीचको खेल रद्द

काठमाडौं । थाइल्याण्डमा आयोजना भइरहेको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट

एसियन थाई फुड्सले लुम्बिनी प्रदेशमा नयाँ चाउचाउ उत्पादन युनिटको शुभारम्भ गर्‍यो

काठमाडौं । नेपालका प्रमुख चाउचाउ उत्पादक कम्पनीमध्ये एक एसियन थाई

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप